एक्सपेङद्वारा १० लाखौं गाडी उत्पादनको उपलब्धि, १४ महिनामै ५ लाखबाट १० लाखसम्मको उछाल

चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेङले आफ्नो उत्पादन यात्रामा ऐतिहासिक सफलता हात पारेको छ। कम्पनीले १० लाखौँ गाडी उत्पादन सम्पन्न भएको घोषणा गरेको छ । अटो ग्वाङझाउ २०२५ को उदघाटन दिनमै कम्पनीले सो घोषणा गरेको हो। एक्सपेङका अध्यक्ष तथा सीईओ हे स्याओपेङले यो उपलब्धिलाई ‘कम्पनीको तीव्र ग्लोबल वृद्धि र उपभोक्ताको विश्वासको प्रतीक’ भएको बताए ।

एक्सपेङको १० लाखौं गाडी प्रोडक्सन लाइनबाट निस्कनुभन्दा ठीक १४ महिना अघि मात्र कम्पनीले ५ लाख युनिटको उपलब्धि मनाएको थियो। पहिलो मोडल बजारमा ल्याएदेखि ५ लाख युनिटसम्म पुग्न कम्पनीलाई ८२ महिना लागेको थियो। तर त्यसपछि उत्पादन क्षमतामा भएको तीव्र विस्तार र बजार मागका कारण दोस्रो ५ लाख गाडी उत्पादन गर्न थोरै समय लाग्यो।

प्रोडक्सन लाइनबाट बाहिरिएको १० लाखौ गाडी एक्सपेङ एक्स९ एक्सटेन्डेड रेन्ज (ईआरईभी) एमपीभी हो ।

अक्टोबरको अन्त्यसम्म एक्सपेङको समग्र डेलिभरी ९ लाख ४५ हजार ५८८ युनिट पुगेको छ । अक्टोबर महिनामा मात्र कम्पनीले ४२ हजार १३ गाडी बिक्री–वितरण गरेको छ, जुन लगातार चौथो महिना नयाँ रेकर्ड हो। गत वर्षको सोही महिनाको तुलनामा यो ७५.६६ प्रतिशत वृद्धि हो। जनवरीदेखि अक्टोबरसम्म कम्पनीले ३ लाख ५५ हजार २०९ गाडी बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १९०.०२ प्रतिशतको तीव्र वृद्धि हो।

कम्पनीको नवीनतम मोडल एक्सपेङ एक्स९ एक्सटेन्डेड रेन्ज (ईआरईभी) एमपीभीले प्योर ईभी मोडमा ४५२ किलोमिटर र ६० लिटर इन्धन ट्यांकीसहित कुल १ हजार ६०२ किलोमिटरको रेन्ज प्रदान गर्छ। यसले लामो दुरीको यात्रा तथा पारिवारिक उपयोगका लागि निकै आकर्षक विकल्प बनाएको छ।

सम्बन्धित समाचारहरू

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित...

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...