कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा
मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार...
मर्सिडिज बेन्जले हाइड्रोजन इन्धनमा आधारित नयाँ पुस्ताको हेभी–ड्युटी ट्रक ‘नेक्स्टजेन एच–टु’ पेश गरेको छ। रिपोर्टका अनुसार यी ट्रकहरू लामो दूरीको मालवाहक यातायातलाई ध्यानमा राखेर विकास गरिएका हुन्। हाइड्रोजनबाट चल्ने भएकाले सो ट्रकले कुनै पनि प्रकारको प्रदूषण उत्पादन गर्दैन।
कम्पनीले सन् २०२६ को अन्त्यसम्म जर्मनीस्थित वर्थ उत्पादन केन्द्रमा पहिलो एक सय नेक्स्टजेन एच–टु ट्रकको उत्पादन सुरु गर्ने तयारी गरेको छ। मर्सिडिज बेन्जका अनुसार यो परियोजना भविष्यको दिगो र प्रदूषणमुक्त यातायाततर्फको महत्वपूर्ण कदम हो।
नेक्स्टजेन एच–टु ट्रकको सबैभन्दा ठूलो विशेषता यसको लामो दूरी तय गर्ने क्षमता हो। एकपटक हाइड्रोजन इन्धन भरेपछि यसले करिब १ हजार किलोमिटर निरन्तर यात्रा गर्न सक्छ । लामो दूरीमा बारम्बार चार्ज गर्नुपर्ने इलेक्ट्रिक ट्रकको सीमालाई ध्यानमा राख्दै सो ट्रक डिजाइन गरिएको हो । यसमा इन्धन भर्ने प्रक्रिया पनि अत्यन्त छिटो रहेको छ, जसमा हाइड्रोजन भर्न १० देखि १५ मिनेट मात्र लाग्छ ।
नेक्स्टजेन एच–टु ट्रकमा तरल हाइड्रोजन प्रयोग गरिएको छ। हाइड्रोजनलाई अत्यन्त कम तापक्रम, करिब माइनस ४२३ डिग्री फरेनहाइटमा तरल अवस्थामा भण्डारण गरिन्छ, जसले कम स्थानमा बढी इन्धन राख्न सम्भव बनाउँछ। फ्युल सेल प्रविधिबाट हाइड्रोजन र अक्सिजनको संयोजन गरी बिजुली उत्पादन गरिन्छ, र यही बिजुलीले ट्रकको मोटर सञ्चालन गर्छ।
सो ट्रकमा दुईवटा फ्युल सेल युनिट जडान गरिएको छ, जसले ४०२ देखि ४९६ हर्सपावरसम्मको पावर उत्पादन गर्न सक्छ । यसले भारी भार बोकेर पनि सजिलै उकालो बाटो पार गर्न सक्षम बनाउँछ । साथै ट्रकमा १०१ किलोवाट–आवर क्षमताको सानो ब्याट्री पनि जडान गरिएको छ।
सुरक्षाको दृष्टिले पनि यो ट्रक अत्याधुनिक छ। यसमा एक्टिभ ब्रेक असिस्ट, सक्रिय साइडगार्ड असिस्ट जस्ता प्रणाली समावेश गरिएको छ, जसले सम्भावित दुर्घटना रोक्न मद्दत गर्छ । साथै, हाइड्रोजन चुहावट भए–नभएको पत्ता लगाउन विशेष सेन्सरहरू पनि जडान गरिएको छ।
यस परियोजनालाई जर्मन सरकारले पनि बलियो समर्थन दिएको छ। सरकारबाट करिब २४४ मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराइएको छ। मर्सिडिज बेन्जले सन् २०३० सम्ममा यी हाइड्रोजन ट्रकहरूको ठूलो मात्रामा उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार...
काठमाडौं– सीजी मोटर्सले नेपालमै पहिलोपटक ७ अन्तर्राष्ट्रिय विद्युतीय...
जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयूभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...