फेब्रुअरीमा भारत मोबिलिटी एक्स्पो, ५० देशका कम्पनी सहभागी हुने

काठमाडौं–भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२७ मा ५० भन्दा बढी देशका १ हजार ७५० भन्दा बढी प्रदर्शक सहभागी हुने भएका छन् ।

आगामी फेब्रुअरी ४ देखि ९ सम्म नयाँ दिल्लीमा आयोजना हुने एक्स्पोमा १० लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

‘स्मार्टर मोबिलिटी फर अ बेटर टुमोरो’ थिममा आयोजना हुने उक्त एक्स्पो भारत मण्डपम र यशोभूमि कन्भेन्सन सेन्टर गरी दुई स्थानमा सञ्चालन हुनेछ । भारत मण्डपममा फेब्रुअरी ४ देखि ९ सम्म र यशोभूमिमा फेब्रुअरी ४ देखि ७ सम्म प्रदर्शनी आयोजना गरिनेछ ।

अमेरिका, चीन, जापान, मेक्सिको, जर्मनी, इटाली, स्पेन, ताइवान र श्रीलंकालगायत देशका कम्पनीहरूले सहभागिता जनाउनेछन् । यस प्रदर्शनीमा २ लाख ५० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफल उपलब्ध हुनेछ ।

भारत मोबिलिटी एक्स्पो २०२७ अन्तर्गत अटो एक्स्पो–द मोटर शो, भारत ब्याट्री शो, इन्डिया इन्टरनेसनल टायर शो, इन्डिया साइकल शो, मोबिलिटी टेक प्याभिलियन, स्टिल एन्ड एड्भान्स्ड मटेरियल्स प्याभिलियनलगायत ११ वटा विशेष प्रदर्शनी सञ्चालन हुनेछन् ।

त्यसैगरी कम्पोनेन्ट्स एन्ड टेक्नोलोजी शो, भारत कन्स्ट्रक्सन इक्विपमेन्ट एक्स्पो, एग्री मोबिलिटी एन्ड टेक्नोलोजी एक्स्पो, एयर मोबिलिटी एक्स्पो तथा मेट्रो एन्ड अर्बन मास ट्रान्जिट एक्स्पो पनि आयोजना हुनेछन् ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का अनुसार अटो एक्स्पोमा ४४ वटा अटोमोबाइल उत्पादक कम्पनीले आफ्ना सवारीसाधन तथा प्रविधि प्रदर्शन गर्नेछन्। त्यहाँ इलेक्ट्रिक, सीएनजी, एलएनजी, बायोफ्युल, फ्लेक्स फ्युल र हाइड्रोजन प्रविधिमा आधारित सवारीसाधन प्रदर्शन गरिनेछ ।

यस प्रदर्शनीमा विद्युतीय सवारीसाधन, ब्याट्री तथा ऊर्जा भण्डारण प्रविधि, कनेक्टेड भेहिकल, आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेसन र दिगो मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिइनेछ ।

एक्स्पोमा नयाँ सवारीसाधन सार्वजनिक गर्नुका साथै प्रविधि प्रदर्शन, व्यावसायिक छलफल, खरिदकर्ता तथा विक्रेताबीच भेटघाट र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीका अवसरसमेत उपलब्ध हुनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...