नेपाल भित्रिए ४०० किलोवाट आवर ब्याट्री क्षमताका एक्ससीएमजीका इलेक्ट्रिक टिपर र ट्रक
काठमाडौं- शशिला मोटर्सले नेपालमा पहिलोपटक ४०० किलोवाट आवर ब्याट्री क्षमता...
काठमाडौं - विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको सञ्चालन लागतमा हुने बचतलाई पनि महत्त्वका साथ हेरिन थालेको छ। यही क्रममा एक्ससीएमजीले १० टन क्षमताको इलेक्ट्रिक कन्टेनर र सोही क्षमताको डिजेल कन्टेनरबीच सञ्चालन खर्चको तुलना सार्वजनिक गरेको छ। कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार इलेक्ट्रिक कन्टेनर सञ्चालन गर्दा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी गरिएको छ।
कम्पनीले विराटनगर–काठमाडौं–विराटनगर रुटलाई आधार मानेर यस्तो तुलना गरेको हो। उक्त रुटमा एक पटकको दोहोरो यात्राको दूरी १ हजार १०० किलोमिटर हुने र मासिक ७ हजार ७०० किलोमिटर सञ्चालन हुने अनुमान गरिएको छ। वार्षिक १० महिना सवारी सञ्चालन गर्दा कुल ७७ हजार किलोमिटर यात्रा हुने कम्पनीको हिसाब छ।
कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार १० टन क्षमताको डिजेल कन्टेनरले प्रतिलिटर ३.५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ। यस आधारमा वार्षिक डिजेल खपत २२ हजार लिटर हुन्छ। प्रतिलिटर २०० रुपैयाँका दरले यसको वार्षिक इन्धन खर्च ४४ लाख रुपैयाँ पुग्ने देखाइएको छ।
त्यस्तै, १० टन क्षमताको इलेक्ट्रिक कन्टेनरले एक पटकको चार्जमा ३०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। प्रतियुनिट १५ रुपैयाँ विद्युत् महसुल र प्रतिकिलोमिटर ११.६ रुपैयाँ सञ्चालन लागतका आधारमा कम्पनीले वार्षिक विद्युत् खर्च ८ लाख ९३ हजार २०० रुपैयाँ हुने उल्लेख गरेको छ।
यसरी डिजेल कन्टेनरको वार्षिक इन्धन खर्च ४४ लाख रुपैयाँ र इलेक्ट्रिक कन्टेनरको वार्षिक विद्युत् खर्च ८ लाख ९३ हजार २०० रुपैयाँ तुलना गर्दा ३५ लाख ६ हजार ८०० रुपैयाँ बचत हुने कम्पनीको दाबी छ। यही हिसाबले पाँच वर्षमा १ करोड ७५ लाख ३४ हजार रुपैयाँ बचत हुन सक्ने कम्पनीले जनाएको छ।
शशीला मोटर्सले सार्वजनिक गरेको उक्त विवरणले व्यावसायिक ढुवानीमा इलेक्ट्रिक कन्टेनरको सम्भावित आर्थिक लाभलाई देखाएको छ। विशेषगरी लामो दूरीमा नियमित सञ्चालन हुने मालवाहक सवारीसाधनमा इन्धन खर्च ठूलो हिस्सा हुने भएकाले विद्युतीय विकल्पले सञ्चालन लागत घटाउन सक्ने देखिन्छ।
शशिला मोटर्सले नेपालमा पहिलोपटक ४०० किलोवाट आवर ब्याट्री क्षमता भएका इलेक्ट्रिक टिपर तथा कन्टेनर ट्रक भित्र्याएको छ। चीनको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी एक्ससीएमजी (XCMG) का यी अत्याधुनिक इलेक्ट्रिक टिपर तथा ट्रक नेपाली बजारमा ल्याइएको हो।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...