होन्डाको पहिलो इलेक्ट्रिक एसयूभीको नाम होन्डा अल्फा, भारतमा उत्पादन हुने
होन्डाले आफ्नो पहिलो मिड साइज इलेक्ट्रिक एसयूभीको नाम सार्वजनिक गरेको छ।...
कार पार्किङ गर्दा गाडीलाई स्थिर राख्न म्यानुअल ह्यान्डब्रेकको लिभर तान्नुपर्छ । तर अब आधुनिक प्रविधिको विकाससँगै परम्परागत ह्यान्डब्रेकको विकल्पका रूपमा इलेक्ट्रोनिक पार्किङ ब्रेक प्रयोगमा हुन थालेको छ । सो प्रविधि विभिन्न आधुनिक तथा प्रिमियम कारमा उपलब्ध हुन थालेको छ, जसले पार्किङ ब्रेक लगाउने प्रक्रियालाई सहज र सुविधाजनक बनाएको छ।
इलेक्ट्रोनिक पार्किङ ब्रेक भनेको इलेक्ट्रिक सिस्टमको सहायताले सवारीसाधनलाई पार्किङका क्रममा स्थिर राख्ने ब्रेकिङ सिस्टम हो। यसमा परम्परागत ह्यान्डब्रेकमा जस्तो लिभर तानेर ब्रेक लगाउनुपर्ने आवश्यकता हुँदैन। यसको सट्टा चालकले सेन्टर कन्सोल वा ड्यासबोर्डमा रहेको पी चिह्न भएको बटन प्रयोग गरेर पार्किङ ब्रेक सक्रिय वा निष्क्रिय गर्न सक्छ।
इलेक्ट्रोनिक पार्किङ ब्रेकले कसरी काम गर्छ भन्ने कुरा यसको कन्ट्रोल सिस्टमबाट बुझ्न सकिन्छ। चालकले पार्किङ ब्रेकको बटन थिचेपछि सवारीसाधनको इलेक्ट्रोनिक कन्ट्रोल युनिटले आवश्यक संकेत प्राप्त गर्छ। त्यसपछि सिस्टमले इलेक्ट्रिक मोटर वा एक्चुएटरमार्फत ब्रेक संयन्त्र सक्रिय गर्छ। धेरैजसो सिस्टममा पछाडिका पाङ्ग्रामा रहेका ब्रेक प्याडलाई डिस्कमा कसिलोसँग थिचेर गाडीलाई स्थिर राखिन्छ। केही सवारीसाधनमा भने यसका लागि छुट्टै ब्रेक संयन्त्र प्रयोग गरिएको हुन्छ।
परम्परागत ह्यान्डब्रेकको तुलनामा इलेक्ट्रोनिक पार्किङ ब्रेक प्रयोग गर्न निकै सहज हुन्छ। यसले गर्दा साँघुरो ठाउँमा पार्किङ गर्दा वा बारम्बार ब्रेक प्रयोग गर्नुपर्ने अवस्थामा यो उपयोगी हुन्छ। साथै, ह्यान्डब्रेकको ठूलो लिभर हटाउन सकिने भएकाले सेन्टर कन्सोलमा अतिरिक्त ठाउँ उपलब्ध हुन्छ, जसलाई कप होल्डर, साना सामान राख्ने स्थान वा अन्य सुविधाका लागि प्रयोग गर्न सकिन्छ।
यस प्रविधिसँग जोडिएको अर्को महत्त्वपूर्ण सुविधा अटो-होल्ड हो। ट्राफिक जाममा वा उकालो–ओरालो सडकमा गाडी रोक्नुपर्दा यसले ब्रेकको दबाब कायम राख्न मद्दत गर्छ। चालकले ब्रेक प्याडलबाट खुट्टा हटाए पनि सिस्टमले गाडीलाई स्थिर राख्न सक्छ। आवश्यक सर्त पूरा भएपछि चालकले एक्सेलेरेटर थिच्दा ब्रेक अटोमेटिक खुल्छ । यद्यपि, अटो-होल्ड र इलेक्ट्रोनिक पार्किङ ब्रेक फरक सुविधा हुन् र सबै सवारीसाधनमा दुवै सुविधा उपलब्ध हुन्छ भन्ने छैन।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...