ओमोडा एन्ड जेइकोको अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न, मोबिलिटीका नयाँ प्रविधि प्रदर्शन
चेरी ग्रुपअन्तर्गतको चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले चीनको...
होन्डाले आफ्नो पहिलो मिड साइज इलेक्ट्रिक एसयूभीको नाम सार्वजनिक गरेको छ। कम्पनीले आगामी इलेक्ट्रिक एसयूभीको नाम होन्डा अल्फा राखेको घोषणा गरेको छ । सो एसयूभी सन् २०२५ अक्टोबरमा सार्वजनिक गरिएको ओ अल्फा कन्सेप्टमा तयार पारिएको हो । सो एसयूभी डिसेम्बर २ मा विश्वव्यापी रूपमा लन्च हुने तयारीमा छ।
कम्पनीले सो मोडल भारतको राजस्थानस्थित टपुकारा प्लान्टमा उत्पादन गर्ने योजना बनाएको छ। सो प्लान्टलाई होन्डा अल्फाको विश्वव्यापी उत्पादन केन्द्रका रूपमा विकास गरिनेछ। साथै होन्डाले भारतमा आफ्नो नयाँ डिजाइन पहिचान झल्काउने नयाँ एच लोगोसमेत सार्वजनिक गर्नेछ।
नयाँ होन्डा अल्फाको डिजाइन परम्परागत एसयूभीभन्दा केही फरक क्वासी एमपीभी शैलीको हुने अनुमान गरिएको छ । यसमा फराकिलो विन्डस्क्रिन, आकर्षक तल्लो बम्पर र आधुनिक फ्रन्ट डिजाइन हुने अपेक्षा गरिएको छ। फ्रन्टमा होन्डाको नयाँ लोगो र चार्जिङ पोर्टले यसको एक्सटेरियरमालाई फरक बनाउनेछ।
कम्पनीले यसको ब्याट्री र रेन्जका बारेमा आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। तर रिपोर्टका अनुसार होन्डा अल्फा ६५ देखि ७५ किलोवाट आवर क्षमताका २ वटा लिथियम आइरन फस्फेट ब्याट्री प्याक विकल्पमा उपलब्ध हुन अनुमान गरिएको छ । लन्चको समयमा यसमा फ्रन्ट ह्विल ड्राइभ मोटर सेटअप हुने अपेक्षा गरिएको छ। यसको ह्विलबेस करिब २७०० देखि २८०० मिलिमिटर हुन सक्ने अनुमान छ।
होन्डा अल्फामा सानो डिजिटल ड्राइभर डिस्प्लेसँगै ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ। यसमा थ्री स्पोकयुक्त फ्ल्याट बटम स्टेयरिङ ह्विल, प्याडल सिफ्टर तथा एसी र भेन्टिलेटेड सिटका लागि भौतिक बटन पनि हुनेछ। कम्पनीले यसको सेफ्टी फिचर, इन्जिन, ड्राइभिङ रेन्ज र मूल्यबारे डिसेम्बर २ को विश्वव्यापी डेब्युपछि सार्वजनिक गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...