बजाजको नयाँ एडभेन्चर बाइक परीक्षणको क्रममा देखियो

बजाजले नयाँ एडभेन्चर मोटरसाइकल विकास गरिरहेको छ। हालै कम्पनीले नयाँ मोटरसाइकलको परीक्षणका क्रममा देखिएको छ। परीक्षणमा यसको बडी प्यानल ढाकिएको भएता पनि अगाडिको लाइटिङ, ह्यान्डलबार, डिस्प्ले र अफ-रोड स्पष्ट देखिएको छ ।

नयाँ मोटरसाइकलमा २५० सीसी क्षमताको आयल कूल्ड इन्जिन उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। साथै यसमा एलईडी लाइटिङ, टीएफटी डिस्प्ले, डिस्क ब्रेक र एबीएसजस्ता फिचर हुने अपेक्षा गरिएको छ। यद्यपि, कम्पनीले यसको नाम, इन्जिनको क्षमता र प्राविधिक विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

परीक्षणका क्रममा देखिएको मोटरसाइकलमा ह्यान्डलबारको अगाडिपट्टि रेक्टेङगुलर डिस्प्ले राखिएको छ। मोटरसाइकलको स्विचगियरमा पनि फरक डिजाइन देखिएको छ। दायाँतर्फको स्विचमा हेडलाइट कन्ट्रोलका लागि प्रयोग हुने स्लाइडरजस्तो छ भने बायाँतर्फको स्विचगियर पल्सर मोडलसँग मिल्दोजुल्दो देखिन्छ।

नयाँ एडभेन्चर मोटरसाइकलमा फ्रन्टमा रबर गेटरले ढाकिएका परम्परागत टेलिस्कोपिक फोर्क प्रयोग गरिएको देखिन्छ। यसमा वायर स्पोक ह्विल र दुवैतर्फ डिस्क ब्रेक पनि देखिएको छ। पछाडिको चक्कामा एबीएस सेन्सर रिङ देखिएकाले यसमा एन्टिलक ब्रेकिङ सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि, सिंगल च्यानल वा ड्युअल च्यानल एबीएसमध्ये कुन सिस्टम प्रयोग हुनेछ भन्ने खुलाइएको छैन। परीक्षणमा देखिएको बाइकमा ट्युबुलर इन्जिन गार्ड र इन्जिनको तल्लो भागलाई ढाक्ने सुरक्षात्मक प्लेट पनि राखिएको छ।

बजाजको नयाँ एडभेन्चर मोटरसाइकलको भारतमा लन्च मिति घोषणा गरिएको छैन। हाल परीक्षणकै क्रममा रहेकाले यसको उत्पादन संस्करणमा डिजाइन र उपकरणमा केही परिवर्तन हुन सक्ने सम्भावना छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...