५ इन्चको टीएफटी डिस्प्लेसहित आयो नयाँ बजाज पल्सर एनएस४०० जेड
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो...
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ ।
मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउने भएको हो ।
एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे टु–ह्विलर साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।
त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कम्पनी भनाई छ ।
दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’मार्फत प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन् । सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपीएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन् । साथै, यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन् ।
मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन् ।
त्यस्तै, मैदानमा राखिने पल्सर मोटरसाइकलको प्रदर्शनीले दर्शकलाई ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्ने अवसर दिनेछ ।
यी गतिविधि मार्फत बजाज पल्सरले खेलकुदको प्रतिस्पर्धालाई सम्मान गर्दै दर्शकको सहभागिता र मैदानमा उनीहरूको अनुभवलाई थप अर्थपूर्ण बनाउने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...