४ दिनपछि आउँदै रेन्ज रोभरको झल्को दिने चिनियाँ एसयूभी
काठमाडौं–चिनियाँ अटोमोबाइल ब्रान्ड लिंक्स एन्ड कम्पनीले आफ्नो नयाँ...
चेरी ग्रुपअन्तर्गतको चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले चीनको वुहुमा आयोजना गरेको ‘२०२६ इन्टरनेसनल युजर समिट’ सम्पन्न गरेको छ। अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वका विभिन्न देशका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए।
‘ड्राइभ टु द नेक्स्ट भाइब’ नाराका साथ आयोजना गरिएको समिटमा कम्पनीले आफ्ना नयाँ सवारीसाधन, प्रविधिगत विकास र भविष्यको मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो। स्मार्ट प्रविधि, दिगो यातायात, व्यक्तिगत जीवनशैली र ग्राहककेन्द्रित नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको ब्रान्डले समिटमार्फत आफ्नो भावी अवधारणा सार्वजनिक गरेको हो।
समिटको प्रमुख आकर्षणमध्ये अक्टोबर २० मा सार्वजनिक गरिएको नयाँ मोडल ‘ओमोडा एक्स’ रहेको थियो। कम्पनीले यसलाई विश्वकै पहिलो ‘क्रस अफरोड भेइकल’ का रूपमा प्रस्तुत गरेको छ। यसमा एसयूभीको व्यावहारिकता, अफरोड गाडीको साहसिक क्षमता र स्पोर्ट्स कारको गतिशील डिजाइनलाई एकैसाथ समेटिएको कम्पनीको दाबी छ। आधुनिक सहरी जीवनशैलीसँगै बाहिरी साहसिक यात्रालाई समेत ध्यानमा राखेर यसको डिजाइन तयार गरिएको जनाइएको छ।
समिटमा कम्पनीको सुपर हाइब्रिड सिस्टम (एसएचएस) प्रविधिमा भएका नवीनतम विकास पनि प्रदर्शन गरिएको थियो। यस क्रममा नयाँ ५ किलोवाट आवरको हाइब्रिड इलेक्ट्रिक भेइकल (एचईभी) प्रविधि सार्वजनिक गरिएको थियो। साथै, ‘ओमोडा सुपर हाइब्रिड म्याराथन’ मार्फत हाइब्रिड प्रविधिको वास्तविक सडकमा हुने कार्यक्षमता र इन्धन दक्षता प्रदर्शन गरिएको थियो।
उक्त परीक्षणमा ओमोडा ५ नेक्स्ट एसएचएस–एचले प्रति १०० किलोमिटर ४.५ लिटर इन्धन खपत गर्दै एउटै ट्याङ्कीको इन्धनमा १ हजार १५ किलोमिटर यात्रा गरेको कम्पनीले जनाएको छ। यसले लामो दूरीको यात्रामा हाइब्रिड प्रविधिको इन्धन दक्षता प्रदर्शन गरेको कम्पनीको भनाइ छ।
त्यसैगरी, समिटमा स्मार्ट मोबिलिटीसम्बन्धी सुपर इन्टेलिजेन्ट एक्सपिरियन्स पनि प्रदर्शन गरिएको थियो। यसअन्तर्गत सुपर इन्टेलिजेन्ट भ्यालेट पार्किङ (एसआईभीपी) र सुपर इन्टेलिजेन्ट एआई स्पेस (एसआईएएस) प्रविधि प्रस्तुत गरिएको थियो। यी प्रविधिले पार्किङलाई सहज बनाउनुका साथै प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसार सवारीसाधनको अनुभवलाई अनुकूल बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। भविष्यमा सवारीसाधन यातायातको माध्यममा मात्र सीमित नभई प्रयोगकर्ताको आवश्यकता बुझेर प्रतिक्रिया दिन सक्ने स्मार्ट सहयात्रीका रूपमा विकास हुने अवधारणा पनि समिटमा प्रस्तुत गरिएको थियो।
उत्पादन तथा प्रविधि प्रदर्शनसँगै समिटलाई विश्वभरका ग्राहकलाई जोड्ने अन्तर्राष्ट्रिय मञ्चका रूपमा समेत आयोजना गरिएको थियो। विभिन्न अन्तरक्रियात्मक कार्यक्रम, सहकार्य र ग्राहक सहभागितामार्फत ब्रान्डले उपभोक्ताको आवश्यकता तथा बदलिँदो जीवनशैलीअनुसार मोबिलिटी समाधान विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थापनाको तीन वर्षमै ओमोडा एन्ड जेइकोले विश्वव्यापी रूपमा आफ्नो बजार विस्तार गरेको छ। कम्पनीका अनुसार हाल ब्रान्ड विश्वका ७९ बजारमा उपलब्ध छ, जसमा युरोपका २३ देश समावेश छन्। ब्रान्डको कुल विश्वव्यापी बिक्री १४ लाख युनिटभन्दा बढी पुगेको छ। नवीन प्रविधि, फरक डिजाइन र नयाँ ऊर्जा प्रविधिमा आधारित सवारीसाधनमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने कम्पनीको लक्ष्य छ।
नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकोको एकमात्र आधिकारिक वितरकका रूपमा रहेको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विकास गरिएका नयाँ अटोमोबाइल प्रविधि तथा मोबिलिटी समाधान नेपाली ग्राहकसम्म पुर्याउँदै आएको जनाएको छ। डिजाइन, कार्यक्षमता, सुरक्षा र बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै देशभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।
समिटले ओमोडा एन्ड जेइकोको विश्वव्यापी विस्तारसँगै भविष्यको मोबिलिटीलाई प्रविधि, व्यक्तिगत जीवनशैली र ग्राहक अनुभवसँग जोड्ने रणनीतिलाई थप स्पष्ट पारेको कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...