चेरीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘क्यु’ नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य, रेन्ज र फिचर
काठमाडौं – चेरीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...
पोखरा - चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी (BAIC) र यसको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्स (ARCFOX) ले पोखराको अमरसिंह चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। नेपालका लागि यी दुवै ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हब प्रालिको नेतृत्वमा शोरुम सञ्चालनमा आएको हो।
नयाँ शोरुममार्फत पोखरा तथा गण्डकी प्रदेशका ग्राहकले बीएआईसी र आर्कफक्सका सवारीसाधन अवलोकन तथा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार शोरुममा ग्राहकले गाडीका डिजाइन, प्रविधि र विशेषताबारे जानकारी लिनुका साथै व्यावसायिक परामर्श तथा ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
बीएआईसी विश्वव्यापी रूपमा परिचित अटोमोबाइल निर्माता कम्पनी हो। यसले यात्रुवाहक सवारीसाधन तथा अटोमोबाइल प्रविधिका विभिन्न उत्पादन गर्दै आएको छ। आर्कफक्स भने बीएआईसीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड हो, जसले आधुनिक प्रविधि र दिगो यातायातलाई प्राथमिकता दिँदै आएको छ।
पोखरामा सार्वजनिक गरिएका बीएआईसी र आर्कफक्सका दुई मोडलमध्ये बीएआईसी बीजे३०ई (BJ30e) हाइब्रिड एसयूभी हो। यसको मूल्य १ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। नेपाली भूगोल र लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको यस एसयूभीमा ६८५ एनएम टर्क उत्पादन गर्ने पावरट्रेन रहेको कम्पनीको दाबी छ। कम्पनीले यसको आउटपुट ३ हजार सीसी इन्जिन बराबर रहेको जनाएको छ।
फोर ह्विल ड्राइभ प्रणालीयुक्त बीजे३०ईले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ। यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
कठिन सडक तथा भूभागमा सहज ड्राइभिङका लागि यसमा स्नो, स्यान्ड, मड र वेडिङ गरी चारवटा ड्राइभिङ मोड दिइएको छ। यी मोडले हिउँ, बालुवा, हिलो तथा पानी भएका सडकमा गाडी चलाउन सहयोग गर्छन्। कम्पनीका अनुसार बीजे३०ईले ४५० देखि ६०० एमएमसम्म गहिरो पानी र २० सेन्टिमिटरसम्मको हिलो पार गर्न सक्छ। यसलाई ५ हजार ५० मिटर उचाइ, माइनस ३५ डिग्री सेल्सियससम्मको चिसो र ५० डिग्री सेल्सियससम्मको गर्मीमा परीक्षण गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, आर्कफक्स टी१ (ARCFOX T1) को एलभी३ भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो फुल इलेक्ट्रिक कार हो। यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ३१० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
आर्कफक्स टी१ मा सीएएलबी कम्पनीको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ। कम्पनीले ३ हजार ५०० पटक चार्ज गर्दा पनि ब्याट्रीको स्वास्थ्य क्षमता ८५ प्रतिशत कायम रहने दाबी गरेको छ। चालकको आवश्यकता र सडक अवस्थाअनुसार फरक ड्राइभिङ अनुभवका लागि यसमा इको, स्पोर्ट्स, कम्फर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्।
शोरुम उद्घाटन कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखरामा बीएआईसी र आर्कफक्सको उपस्थिति विस्तारले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड तथा नयाँ यातायात प्रविधिमा ग्राहकको पहुँच बढाउने बताए। गण्डकी प्रदेशमा आफ्नो उपस्थिति सुदृढ गर्दै ग्राहकलाई उन्नत अटोमोबाइल अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।
त्यस्तै, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपाली ग्राहकको रुचि विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारीसाधनतर्फ बढिरहेको बताए। पोखराका ग्राहकलाई एउटै स्थानबाट गाडीको गुणस्तर, प्रविधि र बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे।
पोखराको अमरसिंह चोकमा रहेको नयाँ शोरुम ग्राहक तथा अटोमोबाइलप्रेमीका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...