नोर्टनको नयाँ ४५० सीसी मोटरसाइकल अब भारतमा पनि उपलब्ध हुने

टीभीएस मोटर कम्पनीले बेलायती प्रिमियम टु ह्विलर ब्रान्ड नोर्टन मोटरसाइकल खरिद गरेको छ। नोर्टनले नयाँ ४५० सीसी अर्बन मोटरसाइकल सार्वजनिक गरेको छ। सो मोटरसाइकल सन् २०२७ देखि बिक्रीका लागि उपलब्ध हुनेछ।

एक सय वर्षभन्दा लामो इतिहास बोकेको नोर्टनले आफ्नो परम्परागत पहिचानलाई आधुनिक प्रविधिसँग जोड्दै नयाँ पुस्ताका मोटरसाइकलले आकर्षित गर्ने लक्ष्य राखेको छ। कम्पनीले सो मोडलमार्फत भारत र अमेरिकाजस्ता प्रमुख बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारीसमेत गरिरहेको छ।

डिजाइनका हिसाबले नयाँ मोटरसाइकलमा नोर्टनको रिडक्टिभ डिजाइन अपनाइएको छ। परम्परागत ब्रिटिश मोटरसाइकल डिजाइनको झल्को दिने यसमा आधुनिक शैली र प्रिमियम फिनिसिङको संयोजन देख्न सकिनेछ। कम्पनीले यसलाई केवल इन्जिन क्षमतामा सीमित नराखी राइडरको इमोशनल राइडिङ एक्सपिरियन्सन्स दिने मोटरसाइकलका रूपमा विकास गरेको छ।

नयाँ नोर्टन मोटरसाइकलमा ४५४ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ। सो इन्जिनले ४५ एनएम टर्क उत्पादन गर्नेछ। यसमा प्रयोग गरिएको आल्मुनियम फ्रेमले मोटरसाइकलको तौल कम राख्नुका साथै ह्यान्डलिङ कन्ट्रोलमा सुधार ल्याउने अपेक्षा गरिएको छ। यसमा ८ इन्चको टीएफटी टचस्क्रिन डिस्प्ले, ठूलो डिजिटल कन्सोलका साथै विभिन्न कनेक्टिभिटी सुविधासहितका फिचर दिइएको छ ।

नोर्टनले पछिल्लो समय आफ्नो उत्पादन पोर्टफोलियो विस्तारलाई तीव्रता दिएको छ। हाल नोर्टनले बेलायत, इटाली, फ्रान्स, जर्मनी र स्पेनलगायत १० वटा बजारमा ५० भन्दा बढी स्टोरमार्फत आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। अब कम्पनीले भारत र अमेरिकामा पनि ब्रान्डलाई थप सक्रिय बनाउने योजना अघि सारेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...