विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा टीभीएस एन्टर्क १५० सार्वजनिक
बुटवल – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले...
काठमाडौं– टीभीएस मोटर कम्पनीले बढ्दो बजार माग पूरा गर्न उत्पादन क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले पेट्रोल तथा ईभीको उत्पादन बढाउने योजना बनाएको हो ।
कम्पनीले हाल वार्षिक ६८ लाख रहेको दुईपाङ्ग्रे सवारी उत्पादन क्षमता सन् २०२७ को मध्यसम्ममा ८३ लाख पु-याउने लक्ष्य राखेको छ । त्यस्तै, तीनपाङ्ग्रे सवारीको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजारबाट बढाएर ४ लाख २० हजार पु-याउने योजना छ ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा कम्पनीको कुल बिक्री वार्षिक अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २७ प्रतिशतले बढेर १९ लाख युनिट पुगेको थियो । यस अवधिमा ईभीको घरेलु बिक्री १२९ प्रतिशतले बढेको छ, जुन समग्र बजारको ८४ प्रतिशत वृद्धिभन्दा बढी हो ।
टीभीएसले आफ्नो अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेख्य वृद्धि गरेको छ । दोस्रो त्रैमासिकमा कम्पनीको अन्तर्राष्ट्रिय बिक्री ३५ प्रतिशतले बढेर ५ लाख ३९ हजार युनिट पुगेको छ ।
नेपालसहित विभिन्न बजारमा नयाँ मोडल सार्वजनिक गर्नुले पनि बिक्री वृद्धिमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...