टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
काठमाडौं–टाटा मोटर्सले ई–कमर्स कम्पनी अमेजनलाई ३ हजार युनिट विद्युतीय ट्रक उपलब्ध गराउने भएको छ । भारतमा विद्युतीय मालवाहक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित दुई कम्पनीबीच सहकार्य भएको हो ।
सम्झौताअनुसार टाटा मोटर्सले अमेजनको ढुवानी सञ्जालका लागि अल्ट्रा ई.७ विद्युतीय ट्रक उपलब्ध गराउनेछ । यी ट्रक अमेजनका विभिन्न लजिस्टिक्स केन्द्रबीच सामान ओसारपसार गर्न तथा सहरभित्र र लामो दूरीको ढुवानीमा प्रयोग गरिनेछन् ।
यी ट्रकको स्वामित्व र सञ्चालन भने अमेजनका ढुवानी साझेदार कम्पनीहरूले गर्ने उल्लेख गरिएको छ । टाटा मोटर्सले सवारीसाधन आपूर्तिका साथै सर्भिसिङ र सञ्चालनसम्बन्धी सहयोग उपलब्ध गराउनेछ । लामो दूरीको यात्रालाई सहज बनाउन विभिन्न स्थानमा चार्जिङ हबसमेत निर्माण गरिनेछ ।
टाटा अल्ट्रा ई.७ मा इन्टिग्रेटेड ई–एक्सल, सीसीएस२ फास्ट चार्जिङ प्रविधि र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध छ । यसमा उच्च भोल्टेज सुरक्षा प्रणालीसहितको क्र्यास टेस्ट गरिएको क्याबिन पनि दिइएको छ ।
अमेजनका अनुसार भारतका ५०० भन्दा बढी सहरमा हाल १५ हजारभन्दा बढी विद्युतीय सवारीसाधन सञ्चालनमा छन् । सन् २०४० सम्म कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्यअनुरूप कम्पनीले आफ्नो ढुवानी सञ्जाललाई विद्युतीय बनाउँदै लगेको हो ।
कम्पनीले आगामी तीन वर्षभित्र ३ हजार विद्युतीय ट्रक सञ्चालनमा ल्याउने योजना बनाएको छ । यो सहकार्यलाई भारतमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...