चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं – नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा...
काठमाडौं–टाटा मोटर्सले आगामी आर्थिक वर्ष (२०२८) देखि आफ्नो मासिक उत्पादन क्षमता बढाएर १ लाख युनिट पु-याउने योजना बनाएको छ ।
बजारमा टाटाका गाडीहरूको बढ्दो माग र विद्युतीय सवारी तर्फको तीव्र आकर्षणलाई सम्बोधन गर्न कम्पनीले आफ्ना आपूर्ति साझेदार हरूलाई उत्पादन क्षमता बढाउन आग्रह गरेको छ ।
हाल टाटा मोटर्सको औसत मासिक उत्पादन ६५ हजार युनिट रहेको छ, जुन कम्पनीको तोकिएको लक्ष्य ७५ हजार युनिटभन्दा कम हो । आपूर्तिकर्ता स्तरमा देखिएको समस्याका कारण मागअनुसार उत्पादन गर्न ढिलाइ भइरहेकाले कम्पनीले यो कदम चालेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र ईभीको मागलाई ध्यानमा राख्दै टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले सन् २०२७ देखि २०३१ सम्ममा ४० हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ ।
यस लगानीमार्फत कम्पनीले बजारको २० प्रतिशत हिस्सा ओगट्ने र वार्षिक १३ लाख युनिट उत्पादन पु¥याउने लक्ष्य राखेको छ ।
कम्पनीले आगामी वर्ष नेक्स्ट–जेन नेक्सन र त्यसपछि अविन्या सिरिजका ईभीहरू सार्वजनिक गर्ने तयारी गरेको छ । सन् २०३० को अन्त्यसम्ममा आफ्ना पोर्टफोलियोमा ६ नयाँ मोडल थप्ने टाटाको योजना छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...