भारत एनक्याप क्र्यास टेस्टमा टाटा सिएरा ईभीलाई ५-स्टार सेफ्टी रेटिङ, एडल्ट र चाइल्ड सुरक्षामा उत्कृष्ट प्रदर्शन
टाटा मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी टाटा सिएरा ईभीले भारत एनक्यापको...
काठमाडाैं - हिमताल विस्फोटबाट आएको बाढीका कारण घर र घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले सहयोग गरेका छन् । ‘एक टाटा नेपाल ग्लफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत प्रभावित परिवारलाई २ हजार थान स्टिल अल्मिरा अर्थात् दराज हस्तान्तरण गरिएको हो ।
तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा अघि बढाइएको यस पहलले प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए । प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना गर्दै उनीहरूलाई सामान्य जीवनमा फर्काउन र सुरक्षित भविष्य निर्माणमा सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले वास्तविक आवश्यकता भएका समुदायसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको बताए । नुवाकोटमा गरिएको सहयोग विपद्बाट प्रभावित समुदायसँग उभिने संस्थाको प्रतिबद्धताको उदाहरण भएको उनले उल्लेख गरे ।
सिप्रदीयन सहायता संस्था र टाटा समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा दीर्घकालीन सहयोगका क्षेत्रमा सहकार्य गर्दै आएका छन्। नुवाकोटमा २ हजार थान स्टिल दराज वितरण गर्ने यो पहलले प्रभावित परिवारलाई घरायसी जीवन पुनःव्यवस्थित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...