जीडब्लूएमका ओरा५ र हाभल एच७ ले पाए यूरो एनक्यापमा ५ स्टार सेफ्टि रेटिङ

काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लूएम)का दुई मोडल ओरा५ र हाभल एच७ ले २०२६ मा युरो एनक्यापको ५ स्टार सेफ्टि रेटिङ प्राप्त गरेका छन् ।

सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने प्रविधिलगायत विभिन्न पक्षको मूल्यांकन गर्छ ।

ओरा ५ ले यी चारवटै परीक्षण क्षेत्रमा राम्रो प्रदर्शन गरेको कम्पनीले जनाएको छ । विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको छ ।

विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लूएमको ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली समावेश गरिएको छ । यसमा प्रयोग गरिएको डायु ब्याट्री सेफ्टी टेक्नोलोजीले ब्याट्रीको सुरक्षा थप मजबुत बनाउने कम्पनीको भनाइ छ ।

त्यस्तै, सवारीसाधनको कम्फर्ट र इन्फोटेनमेन्ट नियन्त्रणका लागि प्रयोग गरिएका म्यानुअल कन्ट्रोलले पनि परीक्षणमा पूर्ण अंक प्राप्त गरेका छन् । यसको स्पिड असिस्टेन्स सिस्टमले समेत प्रभावकारी प्रदर्शन गरेको छ ।

आधुनिक चालक सहायता प्रणाली (एडास), बलियो बडी संरचना र अन्य सुरक्षा प्रविधिले ओरा ५ लाई सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेको छ । यसअघि जीडब्लूएमले एएनक्यापबाट पनि ५ स्टार सेफ्टि रेटिङ प्राप्त गरिसकेको छ ।

जीडब्लूएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिका अनुसार ओरा५ र हाभल एच७ ले प्राप्त गरेको यो मान्यताले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ । कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका प्रविधि, सुरक्षा र सुविधासहितका सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

३५ वर्षभन्दा लामो इतिहास बोकेको जीडब्लूएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ । कम्पनीका अनुसार हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् ।

विद्युतीय तथा इन्टेलिजेन्ट सवारीसाधनको विकाससँगै सुरक्षा र प्रविधिलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...