प्रोटोन ई.मास ७ को सुरक्षा प्रविधिले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं–प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा नोभेम्बर १० मा...
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) मा ब्याट्रीलाई सबैभन्दा महत्वपूर्ण प्रविधिका रूपमा चर्चा गरिए पनि त्यसलाई गतिमा रूपान्तरण गर्ने मोटर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ईभीमा प्रयोग हुने मोटरको प्रकारअनुसार गाडीको ऊर्जा खपत, पावर, कार्यक्षमता र उत्पादन लागत फरक पर्छ ।
विद्युतीय गाडीमा मुख्य रूपमा तीन प्रकारका मोटर प्रयोग हुँदै आएका छन् । ती हुन्– पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम), इन्डक्सन मोटर र इलेक्ट्रिकली एक्साइटेड सिन्क्रोनस मोटर (ईईएसएम) ।
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम)
यो मोटरमा रोटरभित्र स्थायी चुम्बक जडान गरिएको हुन्छ । यसले उच्च कार्यक्षमता, राम्रो पावर र कम तौलमा बढी क्षमता प्रदान गर्छ ।
त्यसैले धेरैजसो आधुनिक ईभीमा यही प्रकारको मोटर प्रयोग गरिन्छ । तर यसमा प्रयोग हुने शक्तिशाली चुम्बकमा दुर्लभ खनिज (रेयर अर्थ) आवश्यक पर्न सक्छ, जसले उत्पादन लागत र आपूर्ति व्यवस्थामा चुनौती थप्छ ।
इन्डक्सन मोटर
यस प्रकारको मोटरमा स्थायी चुम्बकको सट्टा रोटरभित्र धातुका बार प्रयोग गरिन्छ । विद्युत चुम्बकीय प्रभावबाट रोटरमा करेन्ट उत्पन्न भई मोटर घुम्छ । यसको प्रमुख विशेषता टिकाउपन र रेयर अर्थ चुम्बक आवश्यक नपर्नु हो ।
तर रोटरमा करेन्ट उत्पन्न गर्दा ताप उत्पादन हुने भएकाले ऊर्जा दक्षता केही कम हुन सक्छ । टेस्ला र जीएमका केही विद्युतीय गाडीमा यो प्रविधि प्रयोग गरिएको छ ।
इलेक्ट्रिकली एक्साइटेड सिन्क्रोनस मोटर (ईईएसएम)
यो मोटरमा स्थायी चुम्बकको सट्टा रोटरभित्र विद्युतीय करेन्टबाट सक्रिय हुने क्वाइल प्रयोग गरिन्छ । यसले आवश्यकताअनुसार चुम्बकीय शक्ति नियन्त्रण गर्न सक्ने भएकाले विभिन्न गति र लोडमा मोटरको कार्यक्षमता अनुकूल बनाउन मद्दत गर्छ ।
यसमा पनि रेयर अर्थ चुम्बक आवश्यक पर्दैन । बीएमडब्ल्यु र रेनोले आफ्ना केही विद्युतीय गाडीमा यो प्रविधि प्रयोग गरेका छन् ।
किन फरक–फरक मोटर प्रयोग गरिन्छ ?
अटोमोबाइल उत्पादकले गाडीको आवश्यकता र प्रयोगका आधारमा मोटर छनोट गर्छन् । कतिपय फोर ह्विल ड्राइभ ईभीमा एउटै गाडीभित्र दुई प्रकारका मोटरसमेत प्रयोग गरिन्छ । उदाहरणका लागि, औडी क्यू६ ई–ट्रोन क्वाट्रोमा पछाडितर्फ पीएमएसएम र अगाडितर्फ इन्डक्सन मोटर प्रयोग गरिएको छ ।
यसरी मोटर छनोट गर्दा पावर र गति मात्र नभई ऊर्जा दक्षता, लागत, तौल, ताप व्यवस्थापन तथा कच्चा पदार्थको उपलब्धतालाई समेत ध्यान दिइन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...