प्रधानमन्त्री शाहको भारत भ्रमणमा नाडा अध्यक्ष उप्रेती पनि सहभागी हुने

काठमाडौं – आगामी मंसिर ६ र ७ मा हुन गइरहेको प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका अवसरमा भ्रमण प्रतिनिधिमण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती (सुरेश) समेत सहभागी हुने भएका छन् ।

उप्रेती बिजनेस डेलिगेसनको सदस्यको रुपमा सहभागी हुने भएका हुन् । मंसिर ६ गते साँझ आयोजना हुने नेपाल–इन्डिया बिजनेस फोरममा उनी सहभागी हुनेछन् ।

यस महत्वपूर्ण भ्रमण तथा व्यापार सम्मेलनले नेपाल र भारतबीच विद्यमान आर्थिक, व्यापारिक तथा औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुई देशबीचका साझा समस्या पहिचान गरी समाधानका उपाय खोज्न र उपलब्ध व्यापारिक तथा लगानीका अवसरहरूको अधिकतम उपयोग गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी नेपाल–भारतबीचको व्यापार तथा पारवहनमा देखिएका प्रक्रियागत जटिलता, भन्सार तथा कर प्रणालीमा रहेका असमानता र व्यावहारिक कठिनाइ, गैरभन्सार अवरोध, सवारीसाधन आयात तथा आपूर्ति प्रणाली, विद्युतीय सवारीसाधन (ईभी) को प्रवद्र्धन, अटोमोबाइल क्षेत्रको लगानी तथा प्रविधि हस्तान्तरण, सीमा नाकामा पूर्वाधार विकास र व्यापार सहजीकरणजस्ता विषयहरू दुवै देशका साझा चासोका विषय हुन्।

त्यसैगरी नेपालमा अटोमोबाइल एसेम्बलिङ उद्योगको विकास, विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रवद्र्धन, अटोमोबाइलसँग सम्बन्धित सहायक उद्योगहरूको स्थापना, दक्ष जनशक्ति विकास, प्रविधि हस्तान्तरण, लगानी विस्तार तथा पर्यटन र क्षेत्रीय आपूर्ति श्रृङ्खलामा सहकार्यका प्रशस्त सम्भावनाहरू रहेका छन्। यी विषयमा दुवै देशका सरकार, निजी क्षेत्र तथा व्यावसायिक संस्थाहरूबीच सार्थक संवाद र सहकार्य विस्तार गर्न सो भ्रमण महत्वपूर्ण अवसर बन्ने अपेक्षा व्यवसायीहरुले गरेका छन्।

भ्रमण दलमा अन्य विभिन्न क्षेत्र र अटोमोबाइल क्षेत्रमा समेत क्रियाशील व्यवसायीहरु समेत सहभागी हुँदैछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...