बीवाईडीका तीन ईभीले पाए भारतमा एआरएआई होमोलोगेसन, हट्यो आयातको सीमा
काठमाडौं–बीवाईडीले भारतमा बिक्री गर्दै आएका तीनवटा विद्युतीय मोडलका...
काठमाडौं–बीवाईडीको लक्जरी अफरोड एसयूभी याङवाङ यू८ औपचारिक रूपमा पपुवा न्यूगिनीमा हस्तान्तरण गरिएको छ ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) २०२६ को अवसर पारेर बीवाईडीको ३२औँ वार्षिकोत्सवसँगै उक्त गाडी हस्तान्तरण गरिएको हो ।
पपुवा न्यूगिनीका प्रधानमन्त्री जेम्स मारापे स्वयं उक्त कार्यक्रममा सहभागी भई गाडी हस्तान्तरणको साक्षी बनेका थिए । यसलाई बीवाईडीको अन्तर्राष्ट्रिय बजार विस्तार तथा प्रिमियम विद्युतीय सवारीप्रतिको उपस्थितिसँग जोडेर हेरिएको छ ।
कार्यक्रममा बीवाईडीका अध्यक्ष तथा प्रेसिडेन्ट वाङ चुआनफुले पनि सहभागिता जनाएका थिए । पपुवा न्यूगिनीका लागि पहिलोपटक राइट ह्यान्ड ड्राइभ संस्करणको उक्त एसयूभी हस्तान्तरण गरिएको हो ।
यस हस्तान्तरणलाई बीवाईडीको प्रिमियम ब्रान्ड याङवाङको एसिया–प्रशान्त क्षेत्रमा विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...