४ दिनपछि सार्वजनिक हुँदै बीवाईडीको नयाँ फ्ल्यागशिप एसयूभी, के–के छन् विशेषता ?
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको प्रिमियम एसयूभी ब्रान्ड फाङ चेङ...
काठमाडौं–चीनमा ग्राहकले पूरा रकम भुक्तानी गरिसकेको नयाँ बीवाईडी कार शोरुमबाटै चोरी भएको छ । हुनान प्रान्तको चाङ्सास्थित बीवाईडीको चाङ्सा जिनसुआनफेङ डाइनास्टी सिरिज शोरुममा नोभेम्बर १० मा यस्तो घटना भएको हो ।
चीनको सञ्चारमाध्यम द पेपरका अनुसार एक परिवारले आफ्ना बुवाको ६०औँ जन्मदिनको उपहारका रूपमा बीवाईडी सङ कार खरिद गरेको थियो । परिवारले कारको मूल्य १ लाख ४९ हजार युआन र बीमासहित कुल १ लाख ५५ हजार युआन (करिब २१ हजार ५०० अमेरिकी डलर) भुक्तानी गरेको थियो । बिक्री सम्झौता, बिल तथा अस्थायी नम्बर प्लेटको प्रक्रिया पनि पूरा भइसकेको थियो ।
कार सफा गर्ने र सिसामा फिल्म लगाउने काम भइरहेका बेला परिवार शोरुमको प्रतीक्षालयमा बसेको थियो । साँझ करिब ६ बजे बिक्री कर्मचारीले कार हराएको जानकारी दिएपछि परिवार र शोरुमका कर्मचारीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
कारमा रहेको जीपीएस ट्र्याकिङ प्रणालीको सहयोगमा शोरुमका कर्मचारी र ग्राहकका आफन्तले चोरी भएको कारको खोजी सुरु गरेका थिए । एक घण्टाभन्दा बढी समयसम्म पछ्याउँदा २० किलोमिटरभन्दा बढी दूरीमा कार फेला पारिएको थियो । त्यसपछि पुगेको प्रहरीले कार चलाइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
चोरीमा संलग्न व्यक्ति पक्राउ पर्दा बीवाईडीको लोगो भएको कर्मचारीको पोसाकमा रहेको पाइएको थियो । यसले सुरुमा शोरुमकै कर्मचारी संलग्न भएको आशंका जन्माएको थियो । तर, शोरुम व्यवस्थापनले ती व्यक्ति आफ्नो कर्मचारी नभएको स्पष्ट पारेको छ ।
उनका अनुसार उक्त पोसाक ती व्यक्तिले अनलाइनबाट खरिद गरेका थिए । प्रहरीले ती व्यक्तिको यसअघि पनि सवारी चोरीमा संलग्नता रहेको जानकारी दिएको शोरुमले जनाएको छ ।
घटनापछि शोरुमले आफ्नो व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ । कारको चाबी कर्मचारीले अस्थायी नम्बर प्लेट लिन जाँदा सजिलोका लागि गाडीभित्रै छाडेका थिए । त्यस्तै, सडकतर्फ खुला रहेको शोरुममा सुरक्षा गार्ड बस्ने छुट्टै व्यवस्था र कार हस्तान्तरण गर्ने क्षेत्रमा सीसीटीभी क्यामेरासमेत नरहेको बताइएको छ ।
कार फेला परे पनि परिवारले उक्त गाडी नलिने निर्णय गरेको थियो । नोभेम्बर ११ मा शोरुमले कारको सम्पूर्ण रकम फिर्ता गरेको र बीमा रकम फिर्ताको प्रक्रिया अघि बढाएको थियो । थप क्षतिपूर्तिका विषयमा सुरुमा सहमति हुन नसके पनि शोरुमले परिवारको आवतजावत र बसोबास खर्च व्यहोर्न सहमति जनाएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...