चीनमा नयाँ एट्टो१ को डेलिभरी सुरु, नेपालमा प्रतिक्षा
काठमाडौं–बीवाईडीले आफ्नो नयाँ कार एट्टो१(चिनियाँ बजारमा सिगल) ग्राहकलाई...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको प्रिमियम एसयूभी ब्रान्ड फाङ चेङ बाओले आफ्नो अहिलेसम्मकै ठूलो एसयूभी टाइ ९ नोभेम्बर १९ मा सार्वजनिक गर्ने भएको छ ।
६ सिट क्षमताको प्लग–इन हाइब्रिड (पीएचईभी) एसयूभीलाई कम्पनीले फ्ल्यागशिप मोडलका रूपमा ल्याउन लागेको हो ।
यसको प्रि–अर्डर नोभेम्बर ९ देखि खुला भइसकेको छ । चीनका विभिन्न सहरमा यसको डिस्प्ले गाडीसमेत पुग्न थालेका छन् । कम्पनीले हालसम्म यसको आधिकारिक मूल्य सार्वजनिक भने गरिसकेको छैन ।
टाइ ९ को लम्बाइ ५ हजार २७० एमएम, चौडाइ १ हजार ९९९ एमएम र उचाइ १ हजार ८५० एमएम रहेको छ । यसको ह्विलबेस ३ हजार १३० एमएम छ। यसमा २+२+२ सिट लेआउट दिइएको छ ।
यसको क्याबिनमा ३० इन्चको मुख्य डिस्प्ले र पछाडिका यात्रुका लागि २१.४ इन्चको छतमा जडान गरिएको स्क्रिन उपलब्ध छ । अगाडि र दोस्रो पङ्क्तिका सिटमा जिरो ग्राभिटी सुविधा दिइएको छ । सबै सिटमा भेन्टिलेसन, हिटिङ र मसाज सुविधा उपलब्ध हुनेछ ।
तेस्रो पङ्क्तिका सिट फोल्ड गर्दा लगेज स्पेस १ हजार २४५ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
टाइ ९ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग अगाडि र पछाडि दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ । दुवै मोटरले समान २०० किलोवाट पिक पावर उत्पादन गर्छन् । यसरी मोटरको संयुक्त अधिकतम पावर ४०० किलोवाट अर्थात् ५३६ हर्सपावर पुग्छ ।
यसमा ६६.४८ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्लेड एलएफपी ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीसी परीक्षणअनुसार ३१० किलोमिटर प्योर इलेक्ट्रिक रेन्ज दिन्छ । पेट्रोल र ब्याट्री दुवैको प्रयोगबाट यसको संयुक्त रेन्ज १ हजार ६३० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ ।
बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई १० देखि ७० प्रतिशतसम्म चार्ज गर्न ५ मिनेट र ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
यसमा डाइसस–ए इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, एयर सस्पेन्सन, रियर ह्विल स्टेरिङ र विभिन्न भूभाग पहिचान गर्ने प्रविधि दिइएको छ । त्यस्तै, गड्स आई बी ५.० ड्राइभर असिस्टेन्स सिस्टमअन्तर्गत लिडार प्रविधिसमेत उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...