बीवाईडीले पेटेन्ट ग-यो दुई ढोके माइक्रोकार

काठमाडौं–बीवाईडीले दुई ढोका भएको नयाँ माइक्रोकारको डिजाइन पेटेन्ट दर्ता गराएको छ । कम्पनीका ग्लोबल डिजाइन निर्देशक वुल्फगाङ एगरसहितको टोलीले तयार पारेको उक्त कारको डिजाइन नोभेम्बर १० मा सार्वजनिक गरिएको हो ।

सार्वजनिक डिजाइनअनुसार यो कार निकै सानो, गोलाकार र आकर्षक बडी डिजाइनमा तयार गरिएको छ । कारको दुवैतर्फ एक–एकवटा ठूलो ढोका रहनेछ । यसको अगाडि र पछाडिको डिजाइन लगभग उस्तै देखिन्छ । दुवैतर्फ लामो लाइट बार र तलको घुमाउरो बम्परले मुस्कुराएको अनुहारजस्तो स्वरूप दिएको छ ।

कारका चारवटै ह्विल बडीको कुनामा राखिएका छन् । यसले छोटो बडीमा पनि भित्री भागलाई बढी उपयोगी बनाउन सहयोग गर्ने देखिन्छ । यसको डिजाइन बीवाईडीको हालको सानो कार सिगलभन्दा निकै फरक छ ।

बीवाईडीको नयाँ माइक्रोकारको डिजाइन हालै सार्वजनिक भएको स्मार्ट #२ सँग मिल्दोजुल्दो देखिन्छ । छोटो बडी, दुई ढोका र सहरी सडकमा सहज रूपमा चलाउन मिल्ने बनावट यसको विशेषता हो ।

तर, बीवाईडीले पेटेन्टमा कारको नाम, लम्बाइ, सिट क्षमता, ब्याट्री, मोटर र रेन्जबारे कुनै विवरण खुलाएको छैन । यो इलेक्ट्रिक कार नै हुने वा कहिले उत्पादनमा जाने भन्ने पनि कम्पनीले पुष्टि गरेको छैन ।

नयाँ माइक्रोकार उत्पादनमा आएमा बीवाईडीको सानो विद्युतीय कार पोर्टफोलियो थप विस्तार हुनेछ । यद्यपि, डिजाइन पेटेन्ट दर्ता हुँदैमा उक्त कार उत्पादनमा आउने निश्चित भने हुँदैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...