डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा७ यसै महिना सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यो कारलाई सुटिङ ब्रेक (वागन) र फास्टब्याक गरी दुई फरक बडी स्टाइलमा बजारमा ल्याउने तयारी गरेको छ ।
ओरा ब्रान्डअन्तर्गत आउने यो मिडसाइज इलेक्ट्रिक कारको लम्बाइ ४ हजार ८२० एमएम, चौडाइ १ हजार ८७० एमएम र उचाइ १ हजार ५२० एमएम रहेको छ । यसको ह्विलबेस २ हजार ८७० एमएम छ ।
कारको अगाडि गोलाकार हेडलाइट र क्लोज्ड ग्रिल दिइएको छ । दुवै बडी स्टाइलको पछाडिको भागमा समान डिजाइनका टेललाइट प्रयोग गरिएको छ । यसको बाहिरी डिजाइनले ओरा ब्रान्डको पहिचानलाई निरन्तरता दिएको देखिन्छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता भएको विवरणअनुसार ओरा७ को सुटिङ ब्रेक भेरियन्टमा दुईवटा इलेक्ट्रिक मोटर रहनेछन् । अगाडिको मोटरले १६० किलोवाट र पछाडिको मोटरले १५० किलोवाट पावर उत्पादन गर्छ । दुवै मोटरको संयुक्त क्षमता ३१० किलोवाट अर्थात् करिब ४१६ हर्सपावर रहेको छ ।
यसमा ५८.३ र ६८.९ किलोवाट आवर क्षमताका दुईवटा एलएफपी ब्याट्री विकल्प उपलब्ध हुने जनाइएको छ । ब्याट्रीअनुसार यसको सीएलटीसी रेन्ज ५३५ किलोमिटर, ५६० किलोमिटर र ६३० किलोमिटरसम्म रहने दाबी गरिएको छ ।
कारको इन्टेरियरमा थ्री स्पोकको मल्टीफङ्सन स्टेयरिङ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो फ्लोटिङ टचस्क्रिन दिइएको छ । सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र कप होल्डरसमेत राखिएको छ ।
यसमा भेरियन्टअनुसार क्यामेरामा आधारित ड्राइभर असिस्टेन्स सिस्टम वा लिडार प्रविधिसहितको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध हुनेछ ।
ओरा७ लाई यसअघि थाइल्यान्डमा ओरा ०७ नामबाट बिक्री गरिएको लाइटनिङ क्याटको नयाँ पुस्ताको मोडलका रूपमा हेरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...