सडक दुर्घटनाका पीडितको सम्झनामा धुलिखेलमा दीप प्रज्वलन

काठमाडौं–विश्व सडक दुर्घटना पीडित स्मृति दिवस २०२६ को अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित सरस्वती बजारमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार (नोभेम्बर १५) नासा फाउन्डेसन नेपालको आयोजनामा तथा नेपाल अटोमोबाइल्स एसोसिएसन र नयाँ दिशा क्रियाशील समूहको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

‘रिमेम्बर, सपोर्ट, एक्ट’ अर्थात् ‘सम्झौँ, सहयोग गरौँ र कार्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै, दुर्घटनामा घाइते भएका व्यक्ति तथा आफ्ना प्रियजन गुमाएका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सडक दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना, जिम्मेवार व्यवहार र प्रभावकारी अभियान आवश्यक रहेको बताए । सडक सुरक्षा सरकार वा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उनको भनाइ थियो ।

त्यसैगरी, नासा फाउन्डेसन नेपालकी संयोजक डा. टीका ढकालले सडक दुर्घटनालाई तथ्यांक वा समाचारका रूपमा मात्र हेर्न नहुने बताइन । दुर्घटनाले व्यक्तिको जीवनसँगै परिवार, समाज र भविष्यका सम्भावनासमेत प्रभावित पार्ने भएकाले रोकथाम र सचेतनालाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।

हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने विश्व सडक दुर्घटना पीडित स्मृति दिवसले सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानपूर्वक स्मरण गर्नुका साथै घाइते तथा प्रभावित परिवारलाई सहयोग र ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य राख्छ ।

कार्यक्रमको अन्त्यमा दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहभागीहरूले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि व्यक्तिगत तथा सामूहिक रूपमा सक्रिय रहने प्रतिबद्धतासमेत जनाएका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...