बीवाईडीको नयाँ कार शोरुमबाटै चोरी, जीपीएसले भेटायो २० किलोमिटर टाढा
काठमाडौं–चीनमा ग्राहकले पूरा रकम भुक्तानी गरिसकेको नयाँ बीवाईडी कार...
काठमाडौं–बीवाईडीले भारतमा बिक्री गर्दै आएका तीनवटा विद्युतीय मोडलका लागि अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) बाट होमोलोगेसन प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ती मोडलको वार्षिक आयात सीमासमेत हटेको छ ।
होमोलोगेसन प्राप्त गर्ने मोडलमा बीवाईडी एट्टो३, ईम्याक्स७ र सिलायन७ रहेका छन् । यसअघि भारतीय नियमअनुसार विदेशी प्रमाणीकरणका आधारमा भारतीय बजारमा बिक्री हुने प्रत्येक मोडलको वार्षिक आयात सीमा २ हजार ५०० युनिट थियो । अब एआरएआईबाट प्रमाणीकरण पाएसँगै यी तीनवटै मोडल उक्त सीमाबिना आयात तथा बिक्री गर्न सकिने भएको छ ।
बीवाईडीका चारवटा मोडल भारतीय बजारमा बिक्री भइरहेका छन् । तीमध्ये सिल इलेक्ट्रिक सेडानले भने अहिलेसम्म एआरएआई होमोलोगेसन प्राप्त गरेको छैन । त्यसैले उक्त मोडलमा भने वार्षिक २ हजार ५०० युनिटको आयात सीमा कायमै रहनेछ ।
एआरएआई होमोलोगेसनले भारतीय सडकमा सवारी सञ्चालनका लागि आवश्यक प्राविधिक तथा सुरक्षा मापदण्ड पूरा भएको पुष्टि गर्छ । यसले कम्पनीलाई आयातको संख्या बढाउन र बजारको मागअनुसार सवारी उपलब्ध गराउन सहज बनाउनेछ ।
विशेषगरी बीवाईडी सिलायन७ का लागि यो निर्णय महत्वपूर्ण मानिएको छ । भारतमा यसको माग बढ्दै गएको अवस्थामा आयात सीमाका कारण बिक्री विस्तारमा परेको अवरोध हटेको छ । यसले बीवाईडीलाई भारतीय विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बीवाईडीले सन् २०२१ मा ई६ इलेक्ट्रिक एमपीभीमार्फत भारतीय बिजारमा प्रवेश गरेको थियो । त्यसपछि सन् २०२२ मा एट्टो३, सन् २०२४ मा सिल र ईम्याक्स७ तथा सन् २०२५ मा सिलायन७ बजारमा ल्याएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...