भोटेकोशीको बाढी र अविरल वर्षाको असर : निरस बन्दै छ यस वर्षको दशैं लक्षित अटो बजार
काठमाडौं – नेपालीहरूको चाड दशैं–तिहार नजिकिँदै गर्दा बजारमा नयाँ...
काठमाडौं - चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या समाधानका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ ।
बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्ताका क्रममा देखिएका समस्याबारे छलफल गरेको हो ।
छलफलमा महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयहरूमा सवारीसाधन दर्तासम्बन्धी कामको चाप बढेको र उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए ।
कम्पनीका प्रतिनिधिले आवश्यक कागजात पेस गरी दर्तासम्बन्धी काममा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण काम सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको भन्दै उनले तत्काल सहयोग र समन्वयका लागि प्रशासनसँग आग्रह गरे ।
छलफलमा नाडाका सचिव तथा टु ह्विलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए ।
छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग छलफल र समन्वय गरी सवारी दर्तामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए ।
भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टु ह्विलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको पनि उपस्थिति थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...