नयाँ डिजाइन र प्रविधिसहित आउँदै टाटा नेक्सन, परीक्षणमा देखियो
काठमाडौं–टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी नेक्सनको नयाँ...
काठमाडौं–भारतीय अटोमोबाइल कम्पनी टाटा ग्रुप विश्वका प्रमुख अटोमोबाइल उत्पादक कम्पनीहरूको आकर्षणमा पर्न थालेको छ । सवारी उत्पादन, इन्जिनियरिङ तथा प्रविधिमा टाटा ग्रुपको क्षमता उपयोग गर्न होन्डा, हुन्डाई र स्टेलान्टिसजस्ता विश्वप्रसिद्ध कम्पनीहरूले चासो देखाएका छन् ।
अटोकार प्रोको रिपोर्टअनुसार, जापानी कम्पनी होन्डा र दक्षिण कोरियाली कम्पनी हुन्डाईले पछिल्लो एक वर्षयता टाटा ग्रुपसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल गरेका छन् ।
होन्डाले टाटा मोटर्ससँग भारतीय बजारमा टाटाले उत्पादन गरेका कार तथा विद्युतीय सवारी (ईभी) आफ्नै ब्रान्डको नामबाट बिक्री गर्ने सम्भावनाबारे छलफल गरेको छ । यसमा पेट्रोलियम इन्जिन भएका गाडीको रिब्याजिङ तथा विद्युतीय सवारीको प्लेटफर्म साझेदारीसमेत समावेश छ । यद्यपि, हालसम्म कुनै मोडल, उत्पादन सम्झौता वा समयतालिका निश्चित भएको छैन ।
होन्डाको छलफल टाटा मोटर्समा मात्र सीमित नभई टाटा टेक्नोलोजिज, टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस), टाटा अटोकम्प, ब्याट्री उत्पादक अग्रतास र टाटा एल्क्सीसम्म फैलिएको बताइएको छ ।
त्यस्तै, हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा सीईओ जोसे मुनोजले टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनसँग मुम्बईस्थित कार्यालयमा भेट गरेका थिए । उक्त भेटमा सम्भावित व्यावसायिक सहकार्यका विषय उठेको हुन सक्ने भए पनि कुनै निश्चित परियोजनामा सहमति भएको जानकारी सार्वजनिक भएको छैन । हुन्डाईले सन् २०२६ देखि २०३२ सम्म भारतमा १५.५ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।
यसैबीच, टाटा मोटर्स र स्टेलान्टिसबीच भने सवारी प्रविधि तथा उत्पादन विकाससम्बन्धी सम्झौता भइसकेको छ । यस सहकार्यअन्तर्गत स्टेलान्टिसले टाटाको सवारी प्लेटफर्म र प्रविधि प्रयोग गरेर ५० भन्दा बढी अन्तर्राष्ट्रिय बजारका लागि गाडी विकास गर्नेछ । ती गाडी भारतमै उत्पादन गरिनेछन् ।
यसले भारतलाई सवारी उत्पादनको केन्द्र मात्र नभई विश्व बजारका लागि सवारी प्रविधि तथा इन्जिनियरिङ विकास गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...