एम्पियर बन्यो भारतको शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्ड, नेपालमा लोकिप्रय बन्दै

काठमाडौं–इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियरले भारतमा उल्लेखनीय सफलता हासिल गरेको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीअन्तर्गतको एम्पियरले सन् २०२६ को पहिलो सात महिनामै अघिल्लो आर्थिक वर्षभरि भएको बिक्रीलाई उछिन्दै भारतको शीर्ष पाँच विद्युतीय दुईपांग्रे ब्रान्डमा स्थान बनाएको हो ।

बाहन पोर्टलको तथ्यांकअनुसार, नोभेम्बर १५, २०२६ सम्म एम्पियरका कुल ७० हजार ३३३ युनिट स्कुटर बिक्री भएका छन् । जबकि कम्पनीले आर्थिक वर्ष २०२६ भरिमा जम्मा ६१ हजार ८४२ युनिट मात्र बिक्री गरेको थियो ।

गत आर्थिक वर्षको सोही सात महिनाको अवधिमा कम्पनीका ३६ हजार ४५२ युनिट बिक्री भएका थिए । यस वर्षको सोही अवधिमा बिक्री ९३ प्रतिशतले बढेको हो ।

यससँगै एम्पियरले भारतीय विद्युतीय दुईपांग्रे सवारी बजारमा ५.७ प्रतिशत बजार हिस्सा हासिल गर्दै पाँचौं स्थान सुरक्षित गरेको छ ।

एम्पियर नेपाली बजारमा समेत बिक्री हुँदै आएको स्कुटर हो । नेपालमा यसको आधिकारिक वितरकका रुपमा एसटीसी अटो सोलुसन कार्यरत छ । आकर्षक डिजाइन र आधुनिक फिचरजस्ता विशेषताका कारण नेपालमा एम्पियर स्कुटर लोकिप्रय बनिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...