४३ वर्ष पुरानो मारुती ८०० ले जित्यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, बन्यो विश्व सम्पदा सवारी

काठमाडौं–भारतको अटोमोबाइल इतिहासमा महत्वपूर्ण स्थान बनाएको मारुती ८०० ले प्रतिष्ठित ‘फिभा वर्ल्ड भेहिकल हेरिटेज अवार्ड २०२६’ जितेको छ । यो अवार्ड प्राप्त गर्ने मारुती ८०० भारतको पहिलो तथा एकमात्र सवारी बनेको छ ।

अन्तर्राष्ट्रिय ऐतिहासिक सवारीसाधन महासंघ (फिभा) ले प्रदान गर्ने यो अवार्ड विश्वका विभिन्न देशका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सवारीसाधनलाई सम्मान गर्न स्थापना गरिएको हो । यस वर्ष २१ वटा सवारीसाधनलाई उक्त अवार्ड प्रदान गरिएको छ । तीमध्ये भारतबाट मारुती ८०० मात्र छनोट भएको हो ।

अवार्ड प्राप्त गर्ने मारुती ८०० सन् १९८३ मा उत्पादन भएको एसएस८० मोडल हो । यसको दर्ता नम्बर डीआईए ६४७९ रहेको छ । सन् १९८३ डिसेम्बर १४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नयाँ दिल्लीका हरपाल सिंहलाई उक्त कारको साँचो हस्तान्तरण गरेकी थिइन् । सिंहले लक्की ड्रमार्फत उक्त कार प्राप्त गरेका थिए ।

सिंहको सन् २०१० मा निधन भएपछि उक्त कार केही वर्ष बेवारिसे अवस्थामा रहेको थियो । सन् २०१७ मा मारुती सुजुकीले आफ्नो जिम्मामा लिएर यसको रिस्टोरेसन सुरु गरेको थियो ।

करिब पाँच वर्ष लगाएर सन् २०२२ मा यसको रिस्टोरेसन सम्पन्न गरिएको थियो । केही पार्टपुर्जा जापानबाट समेत ल्याइएको थियो । हाल उक्त कार नयाँ दिल्लीस्थित मारुती सुजुकीको मुख्यालयमा सुरक्षित राखिएको छ । उक्त कारमा ७९६ सीसी क्षमताको तीन सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ ।

सन् १९८३ मा बजारमा आएको मारुती ८०० ले भारतमा निजी कारको पहुँचलाई सर्वसाधारणसम्म पु-याउन महत्वपूर्ण भूमिका खेलेको थियो । २९ लाखभन्दा बढी युनिट बिक्री तथा उत्पादन भएपछि सन् २०१४ मा यसको उत्पादन बन्द भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...