मलेसियामा सर्वाधिक बिक्री हुने ईभी बन्यो प्रोटोन ई.मास ५
काठमाडौं–प्रोटोनको विद्युतीय कार ई.मास ५ मलेसियामा अक्टोबर २०२६ को...
काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी चेरीअन्तर्गतको ब्रान्ड जेटोरले आफ्नो पहिलो पूर्ण विद्युतीय एसयूभी टीएक्सको चीनमा प्रि–बुकिङ खुला गरेको छ ।
कम्पनीले उक्त एसयूभीलाई पाँच भेरियन्टमा उपलब्ध गराउँदै ९९ हजार ९०० देखि १ लाख ४५ हजार ९०० युआन (करिब १४ हजार ९०० देखि २१ हजार ८०० अमेरिकी डलर) सम्म मूल्य तोकेको हो । जसलाई निकै आकर्षक मूल्य मानिएको छ ।
जेटोर टीएक्स रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध हुनेछ । यसमा चेरीको ६५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसले एकपटकको फुल चार्जमा ५५० किलोमिटर(सीएलटीसी) रेन्ज दिने कम्पनीको दाबी छ ।
जेटोर टीएक्सको रियर ह्विल ड्राइभ भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले २६८ हर्सपावर र २८५ एनएम टर्क जेनेरेट गर्दछ । त्यस्तै, अल ह्विल ड्राइभ भेरियन्टमा दुईवटा मोटर प्रयोग गरिएको छ, जसको संयुक्त पावर २७५ किलोवाट अर्थात् ३६९ हर्सपावर छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेन्डमा पूरा गर्न सक्छ ।
डिजाइनका हिसाबले टीएक्समा बक्सी एसयूभीको स्वरूपसँगै गोलाकार रेट्रो डिजाइनका हेडलाइट दिइएको छ । यसको लम्बाइ ४ हजार ६०५ एमएम, चौडाइ १ हजार ८८० एमएम र उचाइ १ हजार ७०० एमएम छ। ह्विलबेस २ हजार ७३५ एमएम रहेको छ । यसमा १५० लिटर क्षमताको फ्रन्ट ट्रंकसमेत उपलब्ध छ ।
इन्टेरियरमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र क्वालकम स्न्यापड्रागन चिप प्रयोग गरिएको छ । माथिल्लो भेरियन्टमा फाल्कन ५०० प्लस एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध हुनेछ ।
साथै, यसमा हाइवे तथा सिटी नेभिगेसन असिस्ट, अटोमेटिक पार्किङ र रिमोट पार्किङजस्ता सुविधा समेत समावेश गरिएको छ ।
यो नयाँ विद्युतीय एसयूभी निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपालमा जेटोरका गाडी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर हबले बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...