मलेसियामा सर्वाधिक बिक्री हुने ईभी बन्यो प्रोटोन ई.मास ५

काठमाडौं–प्रोटोनको विद्युतीय कार ई.मास ५ मलेसियामा अक्टोबर २०२६ को सर्वाधिक बिक्री हुने ईभी बनेको छ । उक्त महिनामा यस मोडलका २ हजार २६२ युनिट दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ ।

अक्टोबरमा मलेसियामा कुल ४ हजार ५९२ युनिट विद्युतीय सवारी दर्ता भएका थिए । यो संख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम हो । साथै, गत फेब्रुअरीयताकै सबैभन्दा कम मासिक ईभी दर्ता हो । समग्र बजारमा गिरावट आए पनि ई.मास ५ ले भने उल्लेखनीय बजार हिस्सा कायम गरेको छ ।

यसैगरी, प्रोटोनको अर्को विद्युतीय एसयूभी ई.मास ७ का ५५४ युनिट बिक्री भएका छन् । ई.मास ५ र ई.मास ७ को संयुक्त दर्ता संख्या २ हजार ८१६ पुगेको छ, जुन मलेसियाको कुल ईभी दर्ताको ६१.३ प्रतिशत हो ।

नेपालमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालि प्रोटोनको आधिकारिक वितरक हो । कम्पनीले ई.मास ५ र ई.मास ७ लगायतका विद्युतीय सवारी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...