भारतमा ईभीको माग उच्च, उत्पादन बढाउनुपर्ने दबाबमा कम्पनी
काठमाडौं–भारतमा विद्युतीय सवारीसाधन (ईभी) को बजार हिस्सा तीव्र गतिमा...
काठमाडौं–टाटा मोटर्सले एमजी विन्डसर ईभीसंग प्रतिस्पर्धा गर्न नयाँ कार ल्याउने भएको छ । कम्पनीले यसलाई ‘कुनो’ कोडनेम दिएर निर्माण गर्ने तयारी गरेको छ ।
नयाँ कार टाटाको विद्युतीय सवारी पोर्टफोलियोमा नेक्सन ईभी र कर्भ ईभीबीचको स्थानमा रहने अपेक्षा गरिएको छ ।
नयाँ ईभी करिब ४.३ मिटर लामो हुनेछ । यसलाई टाटाको डेडिकेटेड ईलेक्ट्रि प्लेटफर्म ‘एक्टी.ईभी’ मा आधारित रहेर विकास गरिने जनाइएको छ । यो प्लेटफर्मले फ्रन्ट ह्विल ड्राइभ, रियर ह्विल ड्राइभ तथा अल ह्विल ड्राइभ प्रविधिलाई सपोर्ट गर्दछ ।
यसको ब्याट्री क्षमता, मोटर र रेन्जबारे भने अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन । टाटाको कर्भ ईभी र सिएरा ईभीमा प्रयोग भएका ब्याट्री तथा मोटर विकल्प यसमा पनि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।
टाटाले सन् २०३१ सम्म आफ्नो विद्युतीय कारको संख्या ६ बाट बढाएर १० पु¥याउने लक्ष्य राखेको छ । सोही योजनाअन्तर्गत विकास भइरहेको कुनो ईभी सन् २०२७–२८ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
कुनो भने परियोजनाको आन्तरिक कोडनेम हो, उत्पादनमा आउँदा यसको नाम परिवर्तन हुन सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...