यामाहाको नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक, १०८ किलोमिटर रेन्ज र १६ इन्चका ठूला टायर
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक गरेको छ। १६...
काठमाडौं–यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक कलर भेरियन्ट नेपालमा सार्वजनिक भएको छ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लू राइड्सले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
नयाँ कलर भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यो यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो । नयाँ रङ थपिएसँगै एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ ।
कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल–जापानबीचको ७० वर्ष लामो मित्रता र सहकार्यको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ तथा नवप्रवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरे । उनले नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) इन्जिन, डेल्टाबक्स फ्रेम, ६–स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता फिचर छन् । यी विशेषताले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पु¥याउँछन् ।
नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभर १०५ आउटलेटमार्फत बिक्री, सर्भिस र स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउँदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...