जीडब्लूएमको नयाँ ईभीमा ६८.९ किलोवाट आवरको ब्याट्री, रेन्ज कति ?
चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ...
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक गरेको छ। १६ इन्चका ठूला अलोय ह्विल, १०८ किलोमिटर रेन्ज र आधुनिक फिचरसहित आएको यो स्कुटर सन् २०२७ मा युरोपेली बजारमा बिक्री सुरु गर्ने कम्पनीको योजना छ।
यामाहाले एक्सेन्टर ईसँगै पेट्रोलबाट चल्ने एक्सेन्टर कन्सेप्टको झलकसमेत देखाएको छ। तर, पेट्रोल भर्सनको प्राविधिक विवरण र बजारमा आउने समयबारे कम्पनीले जानकारी दिएको छैन। यी दुवै स्कुटर भियतनाममा उत्पादन गरिने जनाइएको छ।
एक्सेन्टर ईको प्रमुख विशेषता यसमा प्रयोग गरिएका १६ इन्चका ठूला अलोय ह्विल हुन्। अगाडि १००/८० र पछाडि १२०/८० साइजका टायर दिइएको छ। ठूला ह्विलका कारण खाल्डाखुल्डी, ढुंगामाटो तथा खराब सडकमा पनि तुलनात्मक रूपमा सहज राइडिङ अनुभव दिने अपेक्षा गरिएको छ।
स्कुटरको डिजाइन मिनिमलिस्ट शैलीमा तयार गरिएको छ। यसमा कम्प्याक्ट हेक्सागोनल हेडलाइट, ठाडो आकारमा राखिएका डीआरएल, स्टेप–अप सिट र फ्ल्याट फुटबोर्ड दिइएको छ। यो स्कुटर प्लेटिनम सिल्भर र मिडनाइट ब्ल्याक गरी दुई कलर विकल्पमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार एक्सेन्टर ईको पर्फर्मेन्स १२५ सीसी क्षमताको पेट्रोल स्कुटरसरह छ। यसमा ३.५ किलोवाट आवर क्षमताको फिक्स्ड एल आकारको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। एकपटक फुल चार्ज गर्दा यसले करिब १०८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ब्याट्रीलाई पानी र धुलोबाट सुरक्षित राख्न आईपी६७ रेटिङ प्रदान गरिएको छ।
यसमा एयर कुल्ड पर्मानेन्ट म्याग्नेट मोटर र रिडक्सन गियरलाई एउटै युनिटमा जोडिएको छ। उक्त मोटरले १० बीएचपी पावर र ३३.३५ एनएम टर्क उत्पादन गर्छ। स्कुटरमा ८०० वाट क्षमताको अनबोर्ड चार्जर उपलब्ध छ। यसबाट ब्याट्रीलाई शून्यदेखि शतप्रतिशतसम्म चार्ज गर्न करिब ५.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ। सार्वजनिक चार्जिङ नेटवर्कबाट पनि यसलाई चार्ज गर्न सकिनेछ।
एक्सेन्टर ईमा स्पोर्टी राइडिङका लागि एस, दैनिक यात्राका लागि टी र अधिकतम रेन्जका लागि ई गरी तीनवटा राइडिङ मोड दिइएको छ। यसमा रिजनरेटिभ ब्रेकिङ प्रणालीसमेत उपलब्ध छ।
स्कुटरमा ५ इन्चको कलर टीएफटी डिस्प्ले राखिएको छ। यसमा टर्न–बाइ–टर्न नेभिगेसन, ब्याट्री तथा सर्भिस स्ट्याटस र पार्किङ लोकेसनजस्ता कनेक्टिभिटी फिचर उपलब्ध छन्।
सुरक्षाका लागि नयाँ अन्डरबोन फ्रेम, अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्बर दिइएको छ। अगाडि र पछाडि दुवैतर्फ २४५ एमएमका डिस्क ब्रेकसँगै एबीएस उपलब्ध छ। यसबाहेक स्मार्ट की इग्निसन र यूएसबी टाइप–सी चार्जिङ पोर्ट पनि यसका प्रमुख फिचर हुन्।
ठूला ह्विल, मध्यम क्षमताको ब्याट्री र आधुनिक कनेक्टिभिटी फिचरसहित आएको एक्सेन्टर ईले युरोपेली इलेक्ट्रिक स्कुटर बजारमा यामाहाको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...