बीवाईडीमा १० लाखभन्दा बढी कर्मचारी : टोयोटा, जीएम, फोर्ड र टेस्लाको संयुक्त संख्याभन्दा धेरै
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीमा कर्मचारीको संख्या १०...
काठमाडौं–चीनको अटोमोबाइल बजारमा बढ्दो प्रतिस्पर्धाका कारण सवारीसाधन बिक्रीबाट पर्याप्त नाफा कमाउन कठिन हुँदै गएको देखिएको छ । चीनको प्रमुख कार निर्माता कम्पनी जिली अटोको सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यसको पुष्टि गरेको छ ।
अक्टोबर २९ मा सार्वजनिक वित्तीय विवरणअनुसार जिलीले जुलाईदेखि सेप्टेम्बरसम्म ९९ अर्ब युआन (करिब १४ अर्ब ८० करोड अमेरिकी डलर) आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब २१ करोड युआन (करिब ७७ करोड ७६ लाख अमेरिकी डलर) रहेको छ ।
तर, कम्पनीको नाफाको स्रोत विश्लेषण गर्दा चीनभित्रको बजारभन्दा अन्तर्राष्ट्रिय बजारबाट बढी आम्दानी भइरहेको देखिन्छ । तेस्रो त्रैमासिकमा जिलीले निर्यातबाट मात्रै ४ अर्ब ८४ करोड युआन खुद नाफा कमाएको छ । यो कम्पनीको कुल खुद नाफाको करिब ९२.९ प्रतिशत हो ।
उक्त अवधिमा कम्पनीले कुल ८ लाख १२ हजार ५०० युनिट सवारीसाधन बिक्री गरेको थियो । यसमध्ये ३ लाख २३ हजार ७०० युनिट निर्यात भएका थिए । अर्थात् कुल बिक्रीमा निर्यातको हिस्सा करिब ३९.८ प्रतिशत रहेको थियो । तर, कुल नाफामा भने निर्यातको योगदान झन्डै ९३ प्रतिशत पुगेको छ ।
यसले चीनभित्र बिक्री भएका ६० प्रतिशतभन्दा बढी सवारीसाधनबाट कम्पनीले कुल नाफाको करिब ७ प्रतिशत मात्रै कमाएको देखाउँछ । चिनियाँ बजारमा मूल्य प्रतिस्पर्धा तीव्र हुँदा गाडी बिक्रीको तुलनामा नाफा निकै कम भइरहेको संकेत यसले गरेको छ ।
निर्यात बजारमा राम्रो प्रदर्शन गरेपछि जिलीले सन् २०२६ का लागि आफ्नो वार्षिक निर्यात लक्ष्यसमेत बढाएको छ । यसअघि ६ लाख ४० हजार युनिट राखिएको लक्ष्य बढाएर ९ लाख २० हजार युनिट पु-याइएको छ ।
यसैबीच, चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले पनि तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बीवाईडीले उक्त अवधिमा २२१ अर्ब ४९ करोड युआन आम्दानी र १० अर्ब २ करोड युआन खुद नाफा कमाएको छ । कम्पनीको आम्दानी १३.५९ प्रतिशत र खुद नाफा २८.०८ प्रतिशतले बढेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...