बीवाईडीको नयाँ फ्ल्यागसिप सेडान ‘अल्टियर’, नोभेम्बरमा सार्वजनिक हुने
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले आफ्नो लक्जरी...
काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी चेरीले जापानी बजारलाई लक्षित गरी विकास गरिरहेको नयाँ इलेक्ट्रिक के–कारको पेटेन्ट तस्बिर सार्वजनिक भएको छ । ‘एम्टा’ नाम दिइएको यो कार सन् २०२७ मा बजारमा आउने अपेक्षा गरिएको छ ।
सार्वजनिक तस्बिरअनुसार नयाँ कार बक्सी डिजाइनमा तयार गरिएको छ । यसको अगाडिको भाग, बम्पर र लाइटको डिजाइन आकर्षक देखिन्छ । सानो आकार भए पनि भित्री भागमा पर्याप्त ठाउँ उपलब्ध गराउने गरी यसको डिजाइन गरिएको अनुमान छ ।
यो कारको सामान्य संस्करणसँगै अफरोड शैलीको भेरियन्ट पनि देखिएको छ । अफरोड संस्करणमा बाक्लो प्लास्टिक क्ल्याडिङ, फरक डिजाइनको बम्पर र अलि अग्लो ग्राउन्ड क्लियरेन्स दिइने सम्भावना छ । यद्यपि, कम्पनीले यसको प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन ।
जापानको के–कार बजारलाई लक्षित गरिएको एम्टाले बीवाईडी राक्कोसहित अन्य साना विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नेछ । जापानमा साना आकारका गाडी लोकप्रिय रहेकाले यो बजारलाई लक्षित गर्दै कम्पनीले नयाँ मोडल विकास गरिरहेको हो ।
चेरीसँगै अन्य कम्पनीको सहभागितामा ईएमटीले यो कार विकास गरिरहेको छ । यसमा चेरीले गाडीको प्रविधि र विद्युतीय ड्राइभ सिस्टम उपलब्ध गराउने तथा गोटियनले ब्याट्री आपूर्ति गर्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...