दशैं अघिको एक महिनामै भित्रिए ५ हजारभन्दा बढी कार, उठ्यो पौने ८ अर्ब राजस्व
काठमाडौं–चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै ५...
काठमाडौं – नेपालमा चेरी ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले आफ्नो नयाँ अर्बन एसयूभी चेरी क्युको डेलिभरी सुरु गरेको छ । काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा डेलिभरी सुरु गरेको कम्पनीले घोषणा गरेको छ।
सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्युमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रंक स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडास सुविधाहरू रहेका छन्।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। साथै, चेरी क्युले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ। आफ्ना आकर्षक विशेषताहरूका कारण यस नयाँ अर्बन एसयूभीले सामाजिक सञ्जालमा समेत उल्लेखनीय चर्चा बटुलिरहेको कम्पनीको भनाइ छ।
काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु हुनुले नेपाली बजारमा चेरी क्युको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्नुका साथै देशका प्रमुख बजारहरूमा ग्राहकहरूमाझ आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताइएको छ।
चेरी क्युले नेपालका प्रमुख सहरहरूमा ग्राहकहरूसम्म आफ्नो पहुँच विस्तार गर्दै जाँदा, नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक एसयूभी डिजाइनको संयोजनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको कम्पनीको भनाइ छ।
चेरी क्यु अर्बन एसयूभी गत साउन महिनामा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिनुका साथै बुकिङ समेत लिइएको थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...