युरोपमा पुराना चिनियाँ ईभीको मागमा उच्च बृद्धि, कारण के ?
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा...
काठमाडौं–चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै ५ हजारभन्दा बढी कार, जीप तथा भ्यान आयात भएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दशैं अघिको एक महिनामा कुल ५ हजार ५७ युनिट कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् ।
नाईमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ गरेका ग्राहकलाई डेलिभरी दिनुका साथै दशैं र तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी यति ठूलो संख्यामा सवारी साधन आयात गरेका हुन् ।
असोज महिनामा कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरका चारपाँग्रे यात्रुवाहक सवारी साधन भित्रिएका छन्, जसबाट सरकारले कुल ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आयात भएका कुल सवारी साधनमध्ये विद्युतीय सवारी (ईभी) को वर्चस्व देखिएको छ ।
विभागका अनुसार असोजमा ३ हजार ८ सय २ युनिट ईभी, १ हजार ८३ युनिट पेट्रोल गाडी, ८४ युनिट डिजेल गाडी, ९ युनिट पेट्रोल हाइब्रिड र १३७ युनिट अन्य सवारी आयात भएका छन् ।
यसमध्ये ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधनबाट मात्रै सरकारले ४ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
त्यस्तै, ७९ करोड रुपैयाँ बराबरका पेट्रोल इन्जिन भएका गाडी र साढे १८ करोड रुपैयाँ बराबरका डिजेल गाडी आयात हुँदा डिजेल गाडीबाट मात्र राज्यले ५४ करोड राजस्व पाएको छ ।
यसका अतिरिक्त, ३ करोड ७८ लाख रुपैयाँ बराबरका ९ युनिट हाइब्रिड कार र ११ करोड ५९ लाख रुपैयाँ बराबरका १३७ युनिट अन्य सवारी साधन पनि सोही महिनामा भित्रिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...