अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
काठमाडौं – नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज...
चितवन–जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् ।
सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही मारमा परेका हुन् ।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो । परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ ।
यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनःठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो ।
मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए । उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन ।”
अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन ।
यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...