दशैँको अटो बजार अपेक्षाकृत भएन, व्यवसायीमा तिहारको आश : कति गाडी डेलिभरी ?
काठमाडौं – अटो व्यवसायीहरुले अपेक्षा गरे अनुरुपको यो वर्षको दशैँमा...
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा युरोपेली संघ (ईयू) ले लगाएको अतिरिक्त आयात शुल्कबाट बच्न युरोपेली ग्राहकहरूले प्रयोग गरिएका चिनियाँ ईभी खरिद गर्न थालेका हुन् ।
यसले चीनबाट युरोपमा पुराना ईभीको निर्यात तीव्र रूपमा बढाएको छ ।
चिनियाँ गाडी निर्यात गर्ने कम्पनी चाइना ईभी मार्केटप्लेस (सीईभीएम) का अनुसार सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म युरोपेली संघमा प्रयोग गरिएका गाडीको बिक्री २८० प्रतिशतले बढेको छ । यस अवधिमा नयाँ गाडीको बिक्री भने ४४ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
ईयूले चीनमा उत्पादित ईभीमा अधिकतम ४५.३ प्रतिशतसम्म अतिरिक्त आयात शुल्क लगाएको छ । तर प्रयोग गरिएका गाडीमा यस्तो अतिरिक्त शुल्क नलाग्ने व्यवस्थाका कारण ग्राहकले तुलनात्मक रूपमा सस्तो मूल्यमा चिनियाँ ईभी खरिद गर्ने विकल्प पाएका छन् ।
६ हजार किलोमिटरभन्दा बढी गुडेका गाडीमा सामान्य १० प्रतिशत आयात शुल्क लाग्ने व्यवस्था गरिएपनि शुल्कको वास्तविक दर गाडीको वर्गीकरण र लागू हुने भन्सार नियममा निर्भर गर्ने जनाइएको छ ।
युरोपमा बीवाईडी, जीली, जिकर, साओमी र डेन्जाजस्ता ब्रान्डका ईभी खोज्ने ग्राहकको संख्या धेरै रहेको सीईभीएसमले उल्लेख गरेको छ ।
चीनमा नयाँ गाडीको मूल्य घट्ने क्रम र तीव्र प्रतिस्पर्धाका कारण केही प्रयोग गरिएका ईभी मूल बिक्री मूल्यभन्दा करिब ४० प्रतिशत सस्तोमा पाउन सकिने उल्लेख गरिएको छ ।
युरोपमा नयाँ चिनियाँ प्लग–इन हाइब्रिड गाडीको आयातमा समेत सीमा तोकिएपछि प्रयोग गरिएका गाडीप्रति समेत आकर्षण थप बढिरहेको छ ।
यसले चिनियाँ अटोमोबाइल उत्पादकलाई नयाँ गाडीको निर्यातसँगै पुराना गाडीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने अवसर दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...