भारतमा ४३ प्रतिशत ग्राहक इलेक्ट्रिक टु–ह्विलर किन्न इच्छुक

काठमाडौं–भारतमा इलेक्ट्रिक टु–ह्विलरप्रतिको आकर्षण बढ्दै गएको छ । बोस्टन कन्सल्टिङ ग्रुप(बीसीजी)को पछिल्लो प्रतिवेदनअनुसार भारतका ४३ प्रतिशत टु–ह्विलर खरिदकर्ता आफ्नो आगामी खरिदमा ईभी रोज्नेबारे विचार गरिरहेका छन् ।

सन् २०२४ मा यस्तो सोच राख्ने उपभोक्ताको हिस्सा ३० प्रतिशत थियो ।

प्रतिवेदनअनुसार इलेक्ट्रिक टु–ह्विलरलाई पूर्ण रूपमा अस्वीकार गर्ने उपभोक्ताको हिस्सा पनि सन् २०२४ को ३८ प्रतिशतबाट घटेर २९ प्रतिशतमा झरेको छ । यसले भारतीय बजारमा ईभीप्रतिको स्वीकार्यता बढ्दै गएको देखाउँछ ।

सन् २०२६ को अप्रिलदेखि अगस्टसम्म भारतमा बिक्री भएका कुल इलेक्ट्रिक टु–ह्विलरमध्ये ईभी हिस्सा ९.९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०२३÷२४ मा यस्तो हिस्सा ५.५ प्रतिशत थियो ।

त्यस्तै, कुल स्कुटर बिक्रीमा विद्युतीय स्कुटरको हिस्सा १६.८ प्रतिशतबाट बढेर २४.१ प्रतिशत पुगेको छ । बीसीजीका अनुसार सन् २०२२ देखि २०२६ सम्म विद्युतीय स्कुटरको बिक्री वार्षिक औसत ५४ प्रतिशतले बढेको छ ।

इलेक्ट्रिक टु–ह्विलरको कम सञ्चालन तथा मर्मत खर्च, आरामदायी यात्रा, आकर्षक डिजाइन, सहज ह्यान्डलिङ र डिजिटल सुविधाले उपभोक्तालाई आकर्षित गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, लामो समयसम्म ब्याट्रीको टिकाउपन, खराब सडकमा प्रदर्शन, लामो दूरीको यात्रा र राजमार्गमा प्रयोग गर्न सकिने क्षमताबारे उपभोक्तामा अझै केही चिन्ता रहेको छ ।

सन् २०२६ मा गरिएको यो अध्ययन १ हजार ६०० टु–ह्विलर प्रयोगकर्ता तथा सम्भावित खरिदकर्ताको सर्वेक्षणमा आधारित छ । भारतमा ईभीको बढ्दो स्वीकार्यताले उत्पादकहरूलाई ग्राहकको आवश्यकता र प्रयोगअनुसारका नयाँ मोडल विकास गर्ने अवसरसमेत दिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...