एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर
एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।...
काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो इलेक्ट्रिक कारको बुकिङ खुला गरेको हो ।
सिट्रोन ई–सी३ एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ । इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई–सी३ बजारमा गेम चेन्जरको रूपमा आएको कम्पनीको भनाइ छ ।
२९.२ किलोवाट आवर ब्याट्री प्याकद्वारा सञ्चालित ई–सी३ ले ५७ एचपी पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीय पावरट्रेनले ई–सी३ लाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दावी गरेको छ ।
मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई–सी३ को स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँछ । हेर्नमा आकर्षक डिजाइन हुनुको साथै यसको रेन्ज पनि राम्रो छ ।
विद्युतीय गाडी भएकोले ई–सी३ ले वातावरणिय स्वच्छतामा पनि योगदान पु-याउँछ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई–सी३ एउटा उपयुक्त रोजाइ हुन सक्छ ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई–सी३ को २ वटा भेरिएन्टहरु उपलब्ध छन् । लाइभ भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।
दिगो र नवीन सवारी साधनहरूलाई आम मानिसमाझ पहुँचयोग्य बनाउने सिट्रोनको प्रतिबद्धताले ई–सी३ लाई बजारमा साँच्चै नै गेम चेन्जरको रुपमा स्थापित गर्दछ । अहिले सम्म १०० भन्दा बढीे सिट्रोन ई–सी३ बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ ।
सिट्रोन ई–सी३ का दुवै भेरिएन्ट एक लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ ।
एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।...
इलेक्ट्रिक टु ह्विल निर्माता कम्पनी प्योर ईभीले आफ्नो पहिलो इलेक्ट्रिक...
काठमाडौं–बिद्युतिय गाडी(ईभी) को बिक्रीमा निकै आक्रमक तवरले प्रस्तुत हुँदै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...