जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
बर्दिया – बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११...
काभ्रेपलाञ्चोक। बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो ।
सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे गरिने डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ । सडक चौडा पार्न रु तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यता पाँच दशमलव ५ मिटर (इन्टरमिडियट स् एक लेनभन्दा केही फराकिलो) रहेको छ ।
कार्यालयका अनुसार चौडा पारिने सडकको लम्बाइ २० दशमलव छ किलोमिटर रहेको छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनले प्रारम्भिक बातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरमा पुगेको पनि बताए । डिपीआर अनुसार रु तीन अर्ब ७९ करोड ७८ लाख ५०० लाग्ने खर्चका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत प्रस्ताव गरिएको योगेशको भनाइ छ ।
कूल खर्चानुमान अनुसार सडक फराकिलो बनाउन प्रतिकिलोटिर रु १८ करोड छ लाख लाग्ने भएको हो । “स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रियामा गइनेछ, यसै वर्ष विस्तारको काम सुरु हुन्छ”, योगेशले भने ।
उनका अनुसार धुलिखेलदेखि भकुण्डेबँेशीसम्म सडक दायाँबाँयाका रुख कटान गर्नुपर्ने तथा मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु गर्न ठेक्का प्रक्रियासँगै केही महिना लम्बिन सक्ने छ । काम सुरु गरिएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न हुने समय सीमा सम्झौतामा तोकिने छ ।
सडक दायाँबाँया १५ मिटरभित्र बनेका उक्त संरचना तथा जग्गाको मु–आब्जा वितरण भइसकेको योगेशले बताए । हाल विस्तार गर्ने भनिएको उल्लेखित दुरीको सडक धुलिखेल, पाँचखाल, पनौती तथा नमोबुद्ध नगरका सडकखण्डमा पर्दछ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा पछिल्ला केही बर्षदेखिको बाढी–पहिरोले क्षतिग्रस्त केही नयाँ पुनर्निमाण हुने खण्डलाई भने विस्तार गरेर नाला र ढलसहित ११ मिटर (मुख्य कालापत्रे भाग सात मिटर) बनाउने योजनासहितको काम बढाइएको कार्यालयले जनाएको हो ।
सडकखण्ड विस्तारपछि प्रतिघण्टा ३० बाट ६० किमी पुर्याइनेछ । जसका कारण ठूला सवारीसाधन आवागमनमा कुनै समस्या देखिने छैन । सडक विस्तारपछि नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौँ आउनुपर्ने ठूला सवारीसाधन बिपी राजमार्ग हुँदै छोटो दूरीमै राजधानी भित्रिन सक्नेछन् । विस्तारका क्रममा सहज स्थानमा पर्खाल उठाएर र अप्ठ्यारा ठाउँमा भित्तो काटेर सडक चौडा गरिने कार्यालयले जनाएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको सडकखण्डमा व्यापक क्षति पुर्याएपछि त्यस क्षेत्रलाई दुई लेनमै पुनस्निर्माण गर्ने प्रक्रियाअघि बढाइएको थियो ।
सोही क्रममा सुरुवाती बिन्दु धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको खण्डलाई पनि दुई लेन बनाउन माथिल्लो निकायबाट प्रस्ताव स्वीकृत भएको योगेशको भनाइ छ । धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किमी सडक दुई लेन बनेपछि नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म सहजै पुग्न सकिनेछ । नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बिपी राजमार्गलाई दुई लेन बनाउन भौगोलिक रुपमा कठिन भएकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि पनि ठेक्का लागिसकेको योगेशले जानकारी दिए ।
यस्तै विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबोसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । त्यसयता रोशी खोलामा अस्थायी रुपमा डाइभर्सन बनाइ आवागमन गराउँदै आइएको थियो । हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनस्निर्माणको काम तीव्ररुपमा भइरहेको कार्यालयले जनाएको छ । क्षग्रिस्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको थियो ।
जसमध्ये काभ्रेपलाञ्चोक तर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
राजकुमार पराजुली/रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...