विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
होन्डाको प्रतिष्ठित स्पोर्ट्स कार एनएसएक्स फेरि एकपटक चर्चामा आएको छ। ४ वर्षअघि उत्पादन बन्द गरिएको सो चर्चित कार अब नयाँ अवतारमा पुनरागमन गर्ने तयारीमा छ। यसका लागि, होन्डाले प्रसिद्ध इटालियन डिजाइन कम्पनी इटालडिजाइनसँग साझेदारी गरेको छ।
यद्यपि यो कुनै नयाँ मोडलको लन्च भने होइन । बजारमा पहिले नै उपलब्ध सेकेन्ड जेनेरेसनको राइट ह्यान्ड ड्राइभ एनएसएक्स कारलाई परिमार्जन गरेर नयाँ रूप दिनु हो । यसमा राइट ह्यान्ड ड्राइभ एनएसएक्स कार मात्र परिमार्जन गर्नेछ । अमेरिकामा अकुरा ब्रान्ड अन्तर्गत बिक्री भएका लेफ्ट ह्यान्ड ड्राइभ एनएसएक्स भने यस परियोजनाको हिस्सा बन्ने छैन ।
यसको डिजाइनमा इटालडिजाइनको प्रभाव स्पष्ट देखिनेछ । कारलाई आधुनिक लुक दिइनेछ । यसको फ्रन्टमा नयाँ बम्पर र पातला हेडलाइट हुनेछ भने छानामा थपिएको स्कूपले कारलाई रेसिङ कार जस्तो आक्रामक रूप दिनेछ। पछाडिको आइकोनिक स्पोइलरलाई पनि नयाँ शैलीमा पुनः डिजाइन गरिनेछ। साथै, कारमा अगाडि १९ इन्च र पछाडि २० इन्चका नयाँ अलोय ह्विल जडान गरिनेछ ।
कारको इन्टेरियरमा भने कुनै ठूलो परिवर्तन गरिने छैन। यसमा क्याबिनको लेआउट पुरानै रहनेछ, तर यो लिमिटेड एडिसन भएकाले यसमा स्पेशल प्लेट जडान गरिनेछ ।
नयाँ एनएसएक्समा ३.५ लिटर ट्विन टर्बो भी६ हाइब्रिड इन्जिन हुने अपेक्षा गरिएको छ। यसमा ३ वटा इलेक्ट्रिक मोटर समावेश छ, जसले ५७३ हर्सपावर र ४७६ पाउन्ड फिट टर्क उत्पादन गर्छ । सन् २०२२ मा आएको एनएसएक्स टाइप एसमा ६०२ हर्सपावर थियो, तर ती मोडलहरू प्रायः अमेरिकामा मात्र उपलब्ध भएकाले यो इटालियन डिजाइन परियोजनामा समावेश हुने छैन ।
होन्डाले हालसम्म यी कार कहिले तयार हुन्छ र तिनको मूल्य कति हुनेछ भन्नेबारे स्पष्ट जानकारी दिएको छैन। तर यो पूर्ण रूपमा कस्टम निर्मित र अत्यन्त सीमित संख्यामा तयार गरिने भएकाले यसको मूल्य निकै उच्च हुने अनुमान गरिएको छ ।
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
काठमाडौं–जापनिज अटो निर्माता होन्डाले भारतमा आफ्नो बजार हिस्सा बढाउन...
काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...