चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको चितवनको डिलरको रुपमा एचथ्रीआर मोटर्स नियुक्त भएको छ । एक कार्यक्रमका बिच यसको बैदिक सुरुवात गरिएको छ ।

सो अवसरमा पहिलो ग्राहकका रुपमा कृष्ण रेग्मीलाई गाडी हस्तान्तरण गरियो । अब चितवन क्षेत्रका ग्राहकले स्काईवेलका ईभी टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ । स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।

कम्पनीले नेपालमा पाइने विद्युतीय सवारी साधनहहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो ı

राम्रो फाइनान्सियल ब्याकअप, रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको बताइएको छ । भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो ı नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा बिक्री गरेको दावी गरेको छ ।

नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका तीन मोडल उपलब्ध छन् । नेपालमै सबैभन्दा बढी रेन्ज दिने ईभीको रुपमा स्काईवेल ईभी परिचित छन् । यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गर्दै आएको छ ।

 ४१० किमी बीई११ को मूल्य ७९ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८९ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १५ लाख रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न ऋण दिने

काठमाडौं – प्रभु बैंक र टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...