सर्वसाधारणको आवतजावतलाई सहज बनाउन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा तीन दिनसम्म सञ्चालन हुने

काठमाडौँ - सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पु-याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

निःशुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । ती बस बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म विभिन्न रुटमा चल्नेछन् ।

सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई निःशुल्क सेवा दिनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...