दशैंमा मोटरसाइकलबाट लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सावधानी अपनाउनुहोस्
दशैं सुरु भएसँगै सहर छाड्ने र गाउँ फर्कनेहरूको चटारो छ । बसको टिकट नपाएर, वा...
काठमाडौं–काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भई हाल सोही स्थान बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन् ।
गत असोज १४ गते बिहान १ः०० बजेदेखि ५ः०० बजेको समयमा काठमाडौँ महानगरपालिका–२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको होन्डा डिओ स्कुटर चोरी भएको थियो ।
घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते बेलुका तारकेश्वर नगरपालिका–९ स्थित नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...