हुन्डाई नेपालद्वारा एनपीएल सिजन ३ का लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग साझेदारी
काठमाडौँ – हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो...
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको भारतमा कुल बिक्री १५ लाख युनिट नाघेको छ । सन् २०१५ मा सार्वजनिक भएको क्रेटाले सन् २०२६ को सेप्टेम्बरसम्ममा भारतीय बजारमा १५ लाखभन्दा बढी युनिट बिक्री पाएको होे ।
क्रेटा हुन्डाईको भारत र नेपाल लगायत अन्य दक्षिण एसियाली बजारमा सबैभन्दा सफल एसयूभीमध्ये एक बनेको छ । कम्पनीले भारतमा बिक्री गरेका कुल एसयूभीमध्ये क्रेटाको हिस्सा करिब ५५ प्रतिशत रहेको छ ।
त्यस्तै, हुन्डाईले भारतमा हालसम्म बिक्री गरेका कुल प्यासेन्जर कारमध्ये क्रेटाको हिस्सा करिब १५ प्रतिशत छ । आर्थिक वर्ष २०२५/२६ मा क्रेटाले आफ्नो अहिलेसम्मकै उच्च वार्षिक बिक्री दर्ता गरेको थियो ।
उक्त अवधिमा २ लाख १ हजार ९२१ युनिट बिक्री भएको थियो, जुन अघिल्लो आर्थिक वर्षको १ लाख ९४ हजार ८७१ युनिटको तुलनामा करिब ४ प्रतिशत बढी हो ।
क्रेटा पेट्रोल, टर्बो पेट्रोल र डिजेल इन्जिनका विकल्पमा उपलब्ध छ । कम्पनीले सन् २०२५ को जनवरीमा क्रेटा इलेक्ट्रिक पनि सार्वजनिक गरेको थियो ।
सन् २०२४ मा सार्वजनिक भएको नयाँ पुस्ताको क्रेटा र क्रेटा इलेक्ट्रिकले सन् २०२६ को सेप्टेम्बरसम्ममा भारतमा करिब ५ लाख ३० हजार युनिट बिक्रीमा योगदान दिएको जनाइएको छ ।
यद्यपि, चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो छ महिनामा क्रेटा र क्रेटा इलेक्ट्रिकको संयुक्त बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत घटेर ८९ हजार ७२७ युनिटमा सीमित भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि क्रेटाको उपस्थिति विस्तार भएको छ। सन् २०२६ को अगस्टसम्ममा यसको निर्यात करिब २ लाख ९६ हजार युनिट पुगेको छ ।
यसैबीच, हुन्डाईले सन् २०२७ तिर क्रेटाको नयाँ पुस्ता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । नयाँ पुस्ताले प्रतिस्पर्धात्मक मध्यम आकारको एसयूभी बजारमा क्रेटाको बिक्रीलाई थप गति दिने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...