भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
भिनफास्टले १७ देखि २२ जनवरीसम्म हुने भारत मोबिलिटी एक्सपो २०२५ मा भीएफ७ र भीएफ९ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले सो कारको टिजर भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
भीएफ७ पाँच सिटर एसयूभी हो भने भीएफ९ अन्तर्राष्ट्रिय बजारमा ६ र ७ सिटमा उपलब्ध छ ।
रिपोर्टका अनुसार भीएफ७ को इको संस्करणले फुल चार्जमा ४५० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ, जसले २०१ एचपीको पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ । यसको प्लस संस्करणमा ड्युअल मोटर एडब्ल्युडी सिस्टम रहेको छ, जसले फुल चार्जमा ४३१ किलोमिटरको रेन्ज दिन्छ । यसले ३४८ एचपीको पावर र ४९९ एनएमको टर्क जेनेरेट गर्छ ।
सो एसयूभी भारतमा कम्पनीको पहिलो एसयूभी हुनेछ र यसको सुरुवात सीबीयू रुट मार्फत प्रस्तुत गर्न सकिन्छ। यसको इको संस्करणमा १२.९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र प्लस संस्करणमा १५.० इन्चको ठुलो डिस्प्लेले सुसज्जित हुनेछ । यसको अन्तर्राष्ट्रिय बजारमा लेवल टु एडास पनि उपलब्ध छ ।
भिनफास्ट भीएफ९ एसयूभीको डेलिभरी गत वर्ष संयुक्त राज्य अमेरिकामा सुरु भएको थियो। यसको इको भेरिएन्टले ५३१ किलोमिटर र प्लस भेरिएन्टले ४६८ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा एडास जस्ता फिचरले सुसज्जित हुनेछ ।
भीएफ९मा ११ एयरब्याग, ओभर-द-एयर सफ्टवेयर अपडेट र बोनटको तल अतिरिक्त फ्रन्ट ट्रक प्रदान गरिएको छ। यसको क्याबिनमा १५.६ इन्चको कस्टमाइज टचस्क्रिन उपलब्ध हुनेछ, जसले स्ट्रिमिङ, ब्राउजिङ र नेभिगेशनका लागि इन्टरनेट क्षमता प्रदान गर्छ।
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
भिनफास्टले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७ को...
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...