फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान
डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले ओला इलेक्ट्रिकभन्दा बढी इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । गत फेर्बुअरीमा कम्पनीले भारतमा ४ हजार ४७८ युनिट स्कुटर बिक्री गरेर पहिलोपटक ओलालाई पछि पारेको हो । उक्त महिना ओलाले ३ हजार ८९१ युनिट मात्र बिक्री गर्न सफल भएको थियो ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले २०२६ को पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अबधीको तुलनामा ३३ प्रतिशतले बिक्री बढाएको जनाइएको छ । गत महिना बिक्री चार्टमा टीभीएस शीर्ष स्थानमा रहँदा बजाज अटो र एथर इनर्जी क्रमशः दोस्रो र तेस्रो धेरै बिक्री हुने ब्रान्ड बने । हिरो मोटोकर्पले चौथो धेरै बिक्री हुने ब्रान्ड बन्दा ग्रिभ्सले पाँचौं स्थान हासिल गरेको छ ।
ग्रिभ्सले हाल एम्पियर ब्रान्ड अन्तर्गत इलेक्ट्रिक स्कुटरको विस्तृत रेन्ज प्रदान गर्दै आएको छ । कम्पनीले रियो ८०, नेक्सस, म्याग्नस जी म्याक्स, म्याग्नस ग्रान्ड र म्याग्नस नियो जस्ता मोडल उपलब्ध गराएको छ ।
ग्रिभ्सका स्कुटर हालै नेपाली बजारमा एसटीसी ग्रुपमार्फत बिक्री थालिएको छ । नेपाली बजारमा यसका एम्पियर म्याग्नस नियो र एम्पियर नेक्सस स्कुटर उपलब्ध छन् ।
एम्पियर म्याग्नस नियोेमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट ब्याट्री प्याक उपलब्ध रहेको छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ ।
यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स तथा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छ। यसको मूल्य ३ लाख रुपैयाँ कायम गरिएको छ ।
नेक्ससमा ३.१८ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ उसलाई पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेट चार्ज गर्न सकिन्छ ।
मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्विल, डिस्क एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।
डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...